
८ असार, पोखरा । बालिकालाई होटलमा बन्धक बनाइ करणी गरेको अभियोगमा एक शिक्षक पोखराबाट पक्राउ परेका छन् ।
८ दिनदेखि पोखरा ६ डिहिगोपाटनस्थित कन्ट्री यार्ड होटलमा उदयपुर बस्ने १४ वर्षीया बालिकालाई बन्धक बनाइ जबर्जस्ती करणी गर्दै आएको आरोपमा विराटनगर घर भई हाल उदयपुर चौदन्दी ७ बस्ने बस्ने राजेश कानोडियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बालिकाको मोबाइलसमेत नियन्त्रणमा लिएर परिवारसँग सम्पर्क हुन नदिई बन्धक बनाएको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । ‘बालिकालाई उद्दारपश्चात अभिभावकको जिम्मा लगाइसकेका छौं,’ उनले भने ।
कानोडियामाथि कानुनी कारबाही अगाडि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4