
Photo Credit : Khem Gurung
८ साउन, काठमाडौं । लमजुङको दोर्दी खोलामा अचानक बाढी आउँदा चार जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता भएका छन् ।
दोर्दी गाउँपालिका ४ मा दोर्दी खोलाको बाढीले बगाउँदा चार जनाको मृत्यु भएको हो । ७ जना हराइरहेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए । मृत्यु हुने र बेपत्ता हुनेमा लिबर्टी जलविद्युत आयोजनामा कार्यरत कामदार हुन् ।
बाँझे भन्ने ठाउँमा खोला थुनिएर एक्कासी बाढी आउँदा मानवीय क्षति भएको प्रहरीको अनुमान छ ।
प्रजिअ भट्टराईले भने, ‘निरन्तर वर्षा पनि भएको छैन । यो ठूलो खेला पनि होइन । अनाचक बाढी आएकाले पहिलोका कारण खोला थुनिएको र त्यो खुल्दा एक्कासी बाढी आएको हम्रो अनुमान छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4