+
+
Shares

तेल बोक्ने ट्यांकरमा लागूऔषध : सहचालक समातिए, चालक फरार

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते १९:१८

८ साउन, विराटनगर । भारतबाट डिजेल बोकेर विराटनगर आएको ट्याङमा लागु औषध फेला परेको छ । भारतको बरौनी डिपोबाट २० हजार लिटर डिजेल लोड गरेर विराटनगर स्थीत नेपाल आयल निगमको प्रादेशिक डिपोमा आएको ना ४ ख ६६५० नम्बरको ट्यांकरमा लागुऔषध फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नोपार्किङमा रोकी राखेको ट्याङकर भित्र कोडिन फोसफेड एण्ड क्लोरफेनीमेन नामक लागु औषध फेला परेको हो । विराटनगर महानगरपालिका-४ पिपल चोकबाट सह-चालक भारतको अररिया बथनाहा अमुनाका १९ वर्षीय मोहम्मद राजुलाई चार बोतल कोडिनसहित नियन्त्रणमा लिएको छ । चालक भारतको अररिया बथनाहास्थित सोनापुरका अन्दाजी ३२ वर्षीय मोहम्मद सफिक फरार छन् ।

कोसी राजमार्गमा नो पार्किङ लेखिएको स्थानमा रोकिएको ट्याङकर नियन्त्रणमा लिने क्रममा प्रहरीले लागुऔषध फेला पारेको हो । नोपार्किङमा रोकिएको ट्याङ्करलाई हटाउन ट्राफिक प्रहरीको टोली पुगेको थियो । चालकको सिट नजिकै लुगाले छोपेर राखेको अवस्थामा ४ बोपतल भरी र ३ खाली बोतल भेटिएको थियो ।

नियन्त्रणमा लिइएको लिइएको ट्यांकर र पक्राउ परेका सह-चालकका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ट्यांकरका चालक र सह-चालक दुवै जना लागुऔषध सेवनकर्ता हुन् ।

बरौनी डिपोबाट जोगवनी नाका हुँदै नेपाल भित्रने पेट्रोलियम ट्यांकरमा पहिलो पटक लागुऔषध फेला परेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?