Comments Add Comment

कुमारी बैंकको ‘मेहेन्दी-उत्सव’

८ साउन, काठमाडौं । साउनकोे अवसर पारेर कुमारी बैंक लिमिटेडले आफ्ना महिला ग्राहकवर्गहरुलाई लक्षित गर्दै आफ्ना विभिन्न शाखाहरुमा हर्षोल्लासका साथ मेहेन्दी उत्सवको आयोजना गरेको छ ।

महिनाभर चल्ने यो उत्सवमा ‘शुभलक्ष्मी सेभिङ’ खातावाल लगायत अन्य महिला ग्राहकवर्गले उपत्यका भित्र एवम् बाहिरका विभिन्न शाखाहरुबाट मेहेन्दी-कार्यक्रमको तालिका अनुसार आफुलाई अनुकुल पर्ने दिन र समय अनुरूप तालिकामा उल्लेखित शाखाहरुमा सम्पर्क गरी निःशुल्क रुपमा आकर्षक डिजाईनका मेहेन्दी लगाउन सक्नेछन् ।

नेपाली संस्कृति र परम्परालाई प्रबर्द्घन गर्ने एवम् महिलाहरुलाई उक्त चाड खुसीयालीका साथ मनाउन प्रोत्साहन दिने उद्घेश्यका साथ आयोजित उक्त कार्यक्रममा ग्राहकवर्गको उत्साहजनक सहभागिता माझ निकै सकारात्मक प्रतिक्रिया पनि आएकोे छ ।

महिला ग्राहकवर्गलाई लक्षित गरेर आयोजित उक्त कार्यक्रमलाई निरन्तरता दिदाै, आगामी हरितालिका तीजको अवसरमा बैंकले आफ्ना महिला ग्राहकहरुलाई आकर्षक उपहार प्रदान गर्ने पनि योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment