Comments Add Comment

नेपालमा अलफ्ट ब्रान्डको सुरुआत

८ साउन, काठमाडौं । मेरियट इन्टरनेसनलले आफ्नो एक उत्कृष्ट ब्रान्ड अलफ्टलाई अतिसुन्दर हिमाली देश नेपालमा ‘अलफ्ट काठमान्डु ठमेल’ नाममा सुरुआत भएको घोषणा गरेको छ। अलफ्ट काठमान्डु ठमेललाई भारतकै असाध्यै विश्वासिलो आतिथ्य सत्कार व्यवस्थापन कम्पनी शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस) ले व्यवस्थापन गरेको छ

अलफ्ट काठमान्डु ठमेल आकर्षक बार, स्थानीय हस्तकला स्टोर र स्वादिष्ट नेपालीदेखि अन्तर्राष्ट्रि्रय खाना पाइने नेपालकै रात्रिजीवनको केन्द्र मानिने ठमेल चोकमा अवस्थित छ । होटलको अर्को विशेषता के हो भने यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ६ किलोमिटरको दूरीमा रहेको छ।

होटल सुरुवातका अवसरमा मन्तव्य दिँदै अलफ्ट काठमान्डु ठमेलका महाप्रबन्धक विक्रम सिंहले नेपालको राजधानी काठमाडौंमा यसखालको ऊर्जावान ब्रान्ड सुरुवात गर्न पाएकोमा उत्साही भएको बताउनुभयो। अलफ्टले आतिथ्य सत्कार उद्योगको बजारमा भिन्नै पहिचान निर्माण गर्ने, सहर-प्रोत्साहित पाहुना कोठा, ऊर्जावान लाउन्ज, उत्कृष्ट प्रविधियुक्त सेवा, स्वादिष्ट खाना तथा पेयका विकल्पसहित संसारभरका पाहुनालाई सेवा उपलब्ध गराउन होटल तयार रहेको उहाँले जानकारी दिए ।

‘अलफ्ट ब्रान्डमार्फत् नेपाल भ्रमणमा आउने नयाँ पुस्ताका भ्रमणकर्ता जो होटलको अनुभव खोजिरहेका हुन्छन् तिनीहरूको अग्रगामी संवेदनशील सोचलाई पूरा गाउन हामी भरमग्दुर प्रयास गर्नेछौं,’ महाप्रबन्धक सिंहले भने ।

सहरी ढाँचामा निर्माण गरिएको अलफ्ट काठमान्डु ठमेलमा १ सय ६७ ठूला कोठा, पाहुनाका लागि पर्याप्त खुला ठाउँ उपलब्ध छन् । पाहुनाले डब्लु एक्सवाइजेड बारमा उत्कृष्ट पेयको मजा लिन सक्नेछन् भने लाइभ एट अलफ्टमा उदीयमान स्थानीय कलाकारका गीत-सङ्गीतका नियमित प्रस्तुतिको मजा कक्टेल्स र मक्टेल्सको स्वादसँगै लिन सकिने छ ।

त्यतिमात्र होइन, होटलको सहरी क्याफे स्टाइलको रेस्टुरेन्ट ‘नुक’ मा पूरै दिन क्षेत्रीय र अन्तर्राष्ट्रिय खानाको मजा लिन सकिने छ, अथवा ‘रि-ˆयुल बाई अलफ्ट’ बाट चौबीसै घण्टा तुरुन्तै स्न्याक लिन सकिन्छ ।

त्यसबाहेक होटलमा स्पा, चौबीस घण्टे फिटनेस क्लब तथा पुलसाइडमा ‘अकुवा’ नामक बार छन् भने होटलको छानामा चाँडै ‘नीलगिरि स्काइ लाउन्ज’ तथा होटलको पछाडिपट्ट ि’ब्याकयार्ड’ नामक अलप|mेस्को लाउन्ज पनि छन्।

होटल ठमेलस्थित छायादेवी कम्प्लेक्समा रहेको छ जहाँ २ सयभन्दा बढी विश्वस्तरीय ब्रान्डका आउटलेट, मल्टिप्लेक्स थिएटर, रेस्टुरेन्ट, ब्युटी सलोन, स्पा सेन्टर, नाइट क्लब, क्यासिनो, ३ सय ५० भन्दा बढी गाडी पार्किङ क्षेत्रफल जस्ता विशेषता छन्।

होटलमा उच्च गतियुक्त इन्टरनेट सुविधासहितका दुईवटा ‘स्टेट अफ दि आर्ट’ सम्मेलन कक्ष, १ हजार ३ सय ९५ वर्गफिट क्षेत्रफलको ब्याङक्वेट हल पनि छ जहाँ व्यापारिक भेटघाट, सम्मेलन दिउँसो तथा राति आयोजना गर्न सकिन्छ।

नियमित भ्रमण गरिरहने र जीवन्त सामाजिक दृश्यबाट मनोरञ्जन लिन चाहने आजका आधुनिक भ्रमणकर्तालाई अलफ्ट काठमान्डुले व्यावसायिक क्षमतासहित उचित र उपयुक्त सेवा-सुविधाको व्यवस्था गर्छ । सङ्गीत तथा खाना र पेयमा सहरप्रेरित ढाँचा, पहुँचयोग्य प्रविधि र नवीन कार्यक्रमलाई केन्द्रमा राखेका कारण अलफ्ट काठमान्डुले अन्य परम्परागत होटलका तुलनामा भिन्नै परिचय दिन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment