Comments Add Comment

पर्यटकीय स्थलमै विदेशी मुद्रा साट्ने सुविधा

८ साउन, काठमाडौं । प्रमुख पर्यटकीय स्थलमा विदेशी मुद्रा सटहीको सुविधा विस्तार गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० का मध्यजनजर गरी बैंक तथा वित्तीय संस्थामार्फत यो व्यवस्था मिलाइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

बुधबार सार्वजनिक मौद्रिक नीति अनुसार बैंकहरुले पर्यटकीय स्थलमा छुट्टै काउन्टर खोली विदेशी मुद्रा सटही सुविधा प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ ।

अर्कोतर्फ, अध्ययन र सामूहिक भ्रमणमा ठूलो रकम विदेशीएको सन्दर्भमा पनि नेपाल राष्ट्रबैंकले नियमनको तयारी गरिरहेको छ । अध्ययन, सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनिमय खर्चलाई नियमन गर्न आवश्यक नीतिगत व्यवस्था गरिने गभर्नर चिरन्जिवी नेपालले जानकारी दिए ।

मौद्रिक नीतिले पर्यटन क्षेत्रमा बैंकहरुले न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्थालाई पनि निरन्तरता दिएको छ । अहिले कृषिमा १० तथा ऊर्जा र पर्यटनमा न्यूनतम १५/१५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment