Comments Add Comment

आफ्नो सपना पुरा गर्न तपाईंसँग पर्याप्त समय छ ?

‘हामीसँग समयको सबैभन्दा कमी हुन्छ, तैपनि हामी सबैभन्दा बढी यसैको दुरुपयोग गर्छौं’- विलियम पेन ।

धेरै पर पुग्नुपर्दैन, हिजोको दिन कसरी बित्यो ? सम्झनुहोस् त । बिहान निद्रा खुल्नसाथ मोबाइल खेलाउनुभयो । फेसबुक वा यस्तै केहीमा रमाउनुभयो । उठेर प|mेस भएपछिको समय पारिवारिक गन्थनमा बिताउनुभयो । कामका लागि घरबाट निस्कन अबेर भइसकेको थियो । हतारहतार कार्यथलोतर्फ लम्कनुभयो । बाटोमा साथीभाई भेटिए, हाइहेल्लोमा केही समय बित्यो ।

कार्यलयमा पुग्नसाथ काम गर्ने मुड चल्दैन । फेसुबकमा भुलिनुभयो । कसैसँग भर्चुअल कुराकानी भयो । ख्यालठट्टा भयो ।

दिउँसो साथीभाईसँग चिया गफ गर्नैपर्‍यो । चिया, नास्ताको वाहनामा साथीभाईसँग अनेक प्रसंगमा कुराकानी भयो । मुलुकको राजनीतिदेखि आफ्नै व्यक्तिगत कुरासम्म तपाईंहरुको विषय बन्यो । साथीभाईसँग छुट्ने बेला साँझलाई रंगीन बनाउने योजना पनि बन्यो । साँझ छिप्पिन नपाउँदै तपाईंहरु कुनै जक्सनमा पुग्नुभयो । जम्दै जाँदा रात बितेको पत्तो भएन ।

तपाईंको एक दिन यसरी बित्यो ।

अब सम्झनुहोस् त, हिजोको दिनमा तपाईंले के महत्वपूर्ण काम गर्नुभयो ? के हिजोको १२ घण्टा तपाईंको निम्ति सार्थक रह्यो ?

दिन कटाउने, जागिर पकाउने, समय बिताउने भन्दा अरु केही उपब्लधी भयो ? तपाईंले यसबारे सायदै हिसाबकिताब राख्नुभयो । किनभने बर्षौ बर्षदेखि तपाईंका दिनहरु यसरी नै बितिरहेका छन् । यसबीचमा पनि कहिले घुमघाम, कहिले जमघट जस्ता गतिबिधिमा तपाईंको समय बित्यो । यस हिबासले तपाईंले एक दिनमा समय कटाउने बाहेक त्यस्तो कुनै सार्थक काम गर्नुभएन, जो तपाईंले गर्नैपथ्र्यो । तपाईंको सपना, उदेश्य, आकंक्षा पुरा गर्नका लागि तपाईंले जे गर्नुपथ्र्यो, त्यो गर्नै भएन ।

तपाईंलाई लाग्न सक्छ, दिन त आखिर यसै बित्छ । काम गरेपनि, नगरेपनि । दिन हाम्रो नियन्त्रणमा हुँदैन । यसका लागि के नै गर्न सकिन्छ र ?

हाँसोठट्टा वा रमाइलो गरेपनि, मरीमरी काम गरेपनि दिन बित्ने नै हो ।

समय हाम्रो वसमा छैन । दिन होइन, घण्टा, मिनेट, सेकेन्ड र हरेक पल बितेर गइरहेको हुन्छ । फेरी त्यो पल वा क्षण हामीले कहिल्यै फिर्ता पाउनेछैनौं । हाम्रो जीवनबाट क्षण-क्षणमा समय सकिदै जान्छ । यसरी आफनै गतिमा बग्ने समयसँगै हामीले आफुलाई पनि गतिशिल बनाउने कि, एकै ठाउँमा अल्भिmएर बस्ने ?

हामी भनिरहेका हुन्छौं, समय मूल्यवान छ । समय फर्केर आउँदैन । तर, व्यवहारिक हिसाबले हामी तिनै समयलाई सबैभन्दा बढी अवमूल्यन गरिरहेका हुन्छौं । समयको मूल्यलाई बुझेर हामी त्यही अनुसार गतिशिल हुने अभ्यास गर्दैनौं ।

बरु, अनावश्यक गन्थन, अनावश्यक झैझमेला, अनावश्यक ख्यालठट्टामा हामी समय नष्ट गरिदिन्छौं । मानौं तपाईंले कुनै जरुरी कामको लागि फेसबुक चलाउनुभयो । फेसबुकबाट कुनै व्यवसायिक काम गर्नु छ वा साथीलाई महत्वपूर्ण सन्देश पठाउनुपर्नेछ । यी दुबै काम गरिरहँदा तपाईंले जति समय लगाउनुहुन्छ, त्यो भन्दा धेरै समयमा अनावश्यक कुराकानी र रमाइलो गरेर फेसबुकमा बिताउनुहुन्छ ।

मूख्य काम त साथीलाई सन्देश पठाउनु थियो । कुनै व्यापार प्रवर्द्धनका लागि फेसबुकको प्रयोग गर्नु थियो । तर, यी दुबै काममा भन्दा बढी तपाईंले साथीभाईसँग च्याट र फोटो, भिडियो हेरेर बिताउनुभयो ।

यहाँसम्म आइपुग्दा तपाईंलाई लाग्न सक्छ, जीवन गणित जस्तो होइन । सबै कुरा हिसाबमा लेखाजोखा गरेर हुँदैन ।

हो, हामीले गणितिय जीवन विताउन सक्दैनौ । मानविय जीवनको मूल्य र मान्यता अलग छ । हाम्रो समाज छ  । परिवार छ । साथीभाई छ । इष्टमित्र छ । जीवनका रहर, इच्छा छ । यी सबै कुरामा पनि हामीले आफ्नो जीवनको लय मिलाउनुपर्छ । यद्यपी परिवार, समाज, साथीभाई भनेर अनावश्यक समय नष्ट गर्नु पनि त्यती अर्थपूर्ण हुँदैन । परिवारसँग समय बिताउनुहोस् चाहे साथीभाईसँग चिया गफ गर्नुहोस्, तर त्यो गुणस्तरिय हुनुपर्छ भन्ने कुरा हेक्का राख्नुहोस् । अर्थपूर्ण हुनुपर्छ भन्ने सोंच राख्नुहोस् ।

भलाकुसारीको बाहनामा चिया र चुरोट खाएर, कसैको धज्जी उडाउँदै, कसैको उछितो काड्दै बस्दा हानी हुने तपाईंलाई नै हो । परिवारसँग पनि गुणस्तरिय समय बिताउनुहोस्, छोराछोरी आफन्तसँग रमझम गर्नुहोस् । पारिवारिक महौलमा रमाउनुहोस् । यद्यपी पारिवारिक दिन बिताउने भनेर आफु-आफै फेसबुक चलाउँदै, छिमेकको कुरा गर्दै, आफन्तको बारे टिकाटिप्पणी गर्दै समय नष्ट नगर्नुहोस् ।

जब तपाईं अनावश्यक गन्थन, ख्यालठट्टा गर्दै बस्नुहुन्छ, त्यसबेला आफ्नो उमेर सम्झनुहोस् । आफ्नो उदेश्य र सपना सम्झनुहोस् । आफ्नो जीवनको मूल्य सम्झनुहोस् ।

आफ्नो उमेरबाट जीवनको औसत समय गणना गर्नुहोस् । कति बर्ष बाँच्नुहुन्छ ? मानौं अब तपाईं ३०, ४० वा ५० बर्ष बाँच्नुहुन्छ । त्यसमा तपाईंले आधा समय सुतेर बिताउनुहुनेछ । बाँकी खानपान, शौच, नुहाइधुवाई, रमाइलो, गफगाफ, घुमफिर, चाडपर्वमा तपाईर्ंको समय खर्च हुनेछ । अस्पताल धाएर, ओछ्यानमा थलिएर पनि तपाईंको धेरै समय जानेछ । मुद्दा मामिला, झमेलामा तपाईंको समय नष्ट हुनेछ । यसरी अनेक कुराले तपाईंसँग भएको समय खोसेर लानेछ । र, तपाईंसँग केही गर्नका लागि थोरै समय मात्र बच्नेछ । त्यो पनि जीवनको उत्तरार्द्धमा काम लाग्नेछैन । अर्थात बुढो भइसकेपछि, तपाईंसँग उर्जावान समय रहनेछैन ।

यसरी आफ्नो जीवनमा समयको गणना गरेपछि तपाईंलाई विस्मयको सुस्केरा हाल्नुहुनेछ, ‘अहो Û मसँग त्यतीका सपना छन् । तर, कति कम समय ? मैले यत्ति कम समयमा त्यती धेरै सपना पुरा गरौला ?’

यो कुरा बोध भएपछि तपाइलाई समयको मोल थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment