Comments Add Comment

‘कलंक’ असफलताले मेरो कामको स्पिड रोकिदैनः सोनाक्षी

बलिउडमा नायिका सोनाक्षी सिन्हाको क्रेज सुरुवाती दिनमा जस्तो थियो, अहिले छैन । सोनाक्षी सिन्हाले अभिनय गरेका चलचित्रहरु असफल हुँदा उनको क्रेज खस्किएको विश्लेषण समेत गर्न थालिएको छ । पछिल्लो रिलिज चलचित्र ‘कलंक’ असफल हुँदा उनलाई ठूलै घाटा लागेको छ । तर, सोनाक्षी यो कुरा मान्न तयार छैनन् ।

उनी, यतिबेला नयाँ चलचित्र ‘खान्दानी साफाखाना’को प्रमोशनमा व्यस्त छिन् । उनै सोनाक्षीले मिडिया कुराकानीका क्रममा भनेकी छिन्–‘बक्स अफिसको गणित कुनै पनि कलाकारको हातमा हुँदैन । एउटा कलाकारले आफ्नो भूमिकामा पुरा रुपमा शक्ति लगाउने हो । कहिलेकाही स्टार कलाकार हुँदा पनि चलचित्रले दर्शकको मन जित्न सक्दैन । यो स्वभाविक हो ।’

सोनाक्षीले ‘कलंक’ असफल भएर पनि आफूलाई खासै फरक नपरेको बताएकी छिन् । उनको हातमा अहिले चलचित्र नै चलचित्र छ । उनले भनिन्–‘मेरो हातमा अहिले चलचित्रको कमी छैन । एउटा चलचित्र नचलेर मेरो कामको गती रोकिदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment