Comments Add Comment

कर्णालीमा मुख्यमन्त्री कार्यालयका कर्मचारी साइकलमा….

Photo Credit : कर्णाली राइडर्स

९ साउन, काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कर्मचारीहरु साइकल चढेर कार्यालयमा आउन थालेका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरलाई धुवाँँधुलोमुक्त र वातावरणमैत्री सहर बनाउने प्रदेश सरकारको नीति कार्यान्वयन गर्न कर्मचारी साइकल चढ्न थालेका हुन् ।

खर्च कटौती र वातावरणमैत्री सहरको पहिचान दिने प्रदेश सरकारको नीतिअनुसार नै साइकल चढ्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव केवल भण्डारीले बताए ।

यसअघि नै यस्तो अभ्यास भइरहेकोले यस पटक साइकल थपेर साइकल प्रयोगलाई बढवा दिइएको उनको भनाइ छ ।

‘कार्यालयमा पहिलो पनि अभ्यास भइरहेको थियो,’ प्रमुख सचिव भण्डारीले भने, ‘लण्डनका मेयरले साइकल चढ्थे । उनी अहिले प्रधानमन्त्री भए, हामीले किन नचढ्ने ?’

कार्यालयमा पहिले ५ वटा साइकल थिए । माथिल्लो तहका कर्मचारीले भने चढ्दैन्थे । अहिले मोटरसाइकल किन्न विनियोजन गरिएको बजेटबाट थप १० वटा साइकल खरिद गरिएको छ ।

कार्यालयमा कर्मचारीहरु धेरै भएकोले अहिले कार्यालय नजिक बस्ने कर्मचारीले साइकल चढ्न सुरु गरेका छन् । यसले कर्मचारीको स्वास्थ्यका लागिसमेत उपयुक्त हुने प्रमुख सचिव भण्डारीले बताए ।

कार्यविधि बनाएपछि कसले, कहाँ–कहाँ साइकल चढ्ने प्रष्ट हुने उनको भनाइ छ । मुख्यमन्त्री कार्यालयपछि अन्य मन्त्रालयले पनि साइकल चढ्ने तयारी गरेको छ ।

कर्णाली प्रदेश सरकारले सदरमुकाम वीरेन्द्रनगरको सुब्बाकुनादेखि बाङगेसिमलसम्म १२ किलोमिटरको साइकल ट्रयाक निर्माण गर्ने योजनासमेत अघि सारेको छ । ट्रयाक निर्माण भए साइकल यात्रीलाई थप सहज हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment