Comments Add Comment

गर्भपतनः के गर्ने, के नगर्ने ?

गर्भपतन एक बाध्यत्मक अवस्थामा गरिन्छ । सन्तानका रहर पुगेका दम्पतीले अनिच्छित गर्भ रहेपछि गर्भपतन गराउँछन् । त्यस्तै अविवाहित जोडीले पनि गर्भ रहेमा यही विधी अपनाउँछन् । बाध्यत्मक अवस्थामा गर्भपतन गराउनुपर्ने भएकाले आवश्यक प्रक्रिया पुरा गरेपछि सुरक्षित गर्भपतन गराउन पाइने कानुनी छुट छ । महिलाईलाई जोखिममा पारेर जथाभावी वा जुनसुकै अवधीको पनि गर्भपतन गराउन भने अपराध मानिन्छ ।

हुन त गर्भपतनको क्रममा कतिको ज्यान जाने जोखिम रहन्छ । कतिपयको स्वास्थ्य स्थिती एकदमै नाजुक बन्न पुग्छ । त्यसैले वैधानिक स्वास्थ्य संस्थाबाट, गर्भ रहेको उचित अवधीमा, आवश्यक प्रक्रिया पुरा गरेर गरिएको गर्भपतन मात्र सुरक्षित मान्न सकिन्छ ।

यद्यपी गर्भपतन गराउनु आफैमा फाइदाजनक चाहि होइन । यसले महिलाको पाटेघर एवं प्रजनन स्वास्थ्यमा असर गर्छ ।

यी जोखिमपूर्ण अवस्था हुन्

–     ४८ घण्टाभन्दा बढी समयसम्म १०० डिग्रीभन्दा बढी ज्वरो आउनु

–     अत्याधिक रक्तस्राब हुनु

–     रगतको ढिक्का ढिक्का बनेर रक्तस्राब हुनु

–     गर्भपतन गरेको ४-५ दिनसम्म रक्तस्राब भइरहनु

–     तल्लो पेटमा अत्याधिक पीडा हुनु

–     कमजोरी महसुष हुनु

–     भोक नलाग्नु, निद्रामा समस्या आउनु

–     योनीबाट दुर्गन्धित डिसचार्ज हुनु ।

–     पिसाब र मल त्यागको बानीमा परिवर्तन आउनु ।

–     पिसाब वा दिसामा रगत आउनु ।

–     चक्कर आउनु, बेहोसी हुनु ।

गर्भपतन गराएपछि सामन्य अवस्थामा आउन १ देखि ६ हप्तासम्म लाग्छ । गर्भपतन मान्यता प्राप्त स्वास्थ्य संस्थामा अनुभवी चिकित्सकबाट गराउँदा सुरक्षित हुन्छ । सयमा एक महिलामा गम्भिर समस्या देखिन सक्छ । गर्भपतन पछि महिलाहरुमा महिनावारी अनियमित हुन सक्छ । शारीरिक सम्बन्ध बनाउँदा पीडा हुन सक्छ । ३ हप्ता भन्दा बढी रक्तस्राब हुन्छ ।

२ महिनासम्म बेस्सरी पेट दुख्ने, भावनात्मक रुपमा कमजोर अनुभव गर्नु । पेल्भिक इनफ्लामेटी डिजिज हुनु ।

यदि गर्भपतनपछि स्तनबाट दुध जस्तै पदार्थ तरल पदार्थ निस्किएमा आत्तिनु पर्दैन । यस्तो गर्भावस्थाको क्रममा हुने हर्मोनल परिवर्तनको कारणले हुन्छ । यस्तो समस्या केही समयमा आफै ठिक भएर जान्छ । यदि समस्या गंभिर छ भने चिकित्सकलाई भेट्नु उत्तम हुन्छ ।

केही अध्ययनबाट यो कुरा बाहिर आएको छ कि जो महिलाले आफ्नो पहिलो गर्भावस्थामा गर्भपतनको विकल्प छनौट गर्छन्, उनले आफ्नो स्वाथ्यलाई मात्र खराब बनाउँदैन, हुनेवाला बच्चाका लागि पनि केही खतरा निम्त्याउँछ । यस्तो अवस्थामा ति महिलाले भविष्यमा पि्रमेच्योर -कम उमेरको) बच्चा जन्म दिने आशंका ३७ प्रतिशतसम्म रहन्छ । पहिलो गर्भावस्थामा गर्भपतन गराउने महिलाको हुनेवाला बच्चाको जन्मको समय भार कम हुने खतरा पनि बढ्छ । विवाहपूर्वको गर्भपतनमा यी खतरा कायम रहन्छ ।

अध्ययनबाट यो कुरा पनि बाहिर आएको छ कि, शल्यक्रियाभन्दा औषधीबाट गरिने गर्भपतन तुलनात्मक रुपमा कम जोखिमपूर्ण हुन्छ ।

गर्भपतनपछि निरिक्षण गराउनुपर्छ

गर्भपतनको दुई सप्ताहपछि स्वास्थ्य परीक्षण गराउनुपर्छ । यसले गर्दा गर्भाशयको अवस्था कस्तो छ भनेर थाहा हुन्छ । किनभने गर्भपतनपछि गर्भाशयको संक्रमण भएको पनि हुनसक्छ । गर्भपतनको क्रममा भएको घाउ ठिक भयो कि भएन भनेर निरिक्षण गर्नुपर्छ ।

कहिले काहीँ ब्याक्टेरिया गर्भाशयमा प्रवेश गर्ने भय रहन्छ । त्यसैले गर्भपतनपछि अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

सुरक्षित गर्भपतन

९० प्रतिशत गर्भपतन गर्भावस्थाको १३ सप्ताहसम्म पुग्नुअघि गरिन्छ । गर्भपतन जति चाडो गराइन्छ, उत्तिनै राम्रो हुन्छ ।

तपाईं कति सप्ताहको गर्भवती हुनुहुन्छ, त्यसको गणना तपाईंको अन्तिम महिनावरीको पहिलो दिनबाट गर्नुपर्छ । यदि त्यसमा तपाईं प्रष्ट हुनुहुन्न भने अल्ट्रासाउन्ड स्क्यान गर्नुपर्छ ।

तपाईंको स्वास्थ्यका लागि यो राम्रो हुन्छ कि, गर्भवती हुन चाहनुहुन्न भने चिकित्सकको सल्लाहमा उपयुक्त गर्भनिरोधक उपाय अपनाउनुहोस् ।

गर्भनिरोधक उपाय राम्रो विकल्प

अहिले कति प्रकारका गर्भनिरोधक उपाय उपलब्ध छन्, जो सुरक्षित छ । यी गर्भनिरोधक उपाय अपनाएर गर्भ रहने भय हटाउन सकिन्छ । असुरक्षित गर्भ रहने र गर्भपतन गराउने तनाव एवं झन्झट रहन्न ।

गर्भपतनपछि ध्यान दिनुपर्ने कुरा

-पर्याप्त पानी पिउनुपर्छ ।

–     केही दिनसम्म आरम गर्नुपर्छ ।

–     गहिरो र पुरा निद्रा लिनुहोस् ।

–     २ सप्ताहसम्म कुनै व्यायाम नगरौं ।

–     २ सप्ताहसम्म पौडी खेल्नु, बाथटबको प्रयोग गर्नुहुँदैन ।

–     २ सप्ताहसम्म गह्रौ सामाग्री उठाउन हुन्न ।

–     ३-४ सप्ताहसम्म शारीरिक सम्बन्ध बनाउनु हुन्न । यसपछि पनि तपाईं शारीरिक र भावनात्मक रुपले ठिक नभएसम्म यौन सम्बन्ध बनाउनु ठिक हुँदैन ।

–     गर्भपतनको दुई सप्तापछि तपाईं गर्भवती हुनसक्नुहुन्छ, त्यसैले गर्भनिरोधको अर्को उपाय अपनाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment