+
+
Shares

पुनर्निर्माण कोषमा नेसनल लाइफ इन्स्योरेन्सको १ करोड सहयोग

सरकारले गठन गरेको भौतिक पूर्वधार पुर्ननिर्माण कोषमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वधार पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
  • कम्पनी प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले उक्त रकम अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरे।
  • कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक आर्थिक वर्ष खुद मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ।

१९ कात्तिक, काठमाडौं । सरकारले गठन गरेको भौतिक पूर्वधार पुर्ननिर्माण कोषमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कोषमा १ करोड सहायता प्रदान गरिएको कम्पनीले जनाएको छ ।

उक्त रकम बराबरको चेक कम्पनी प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले विशेष कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरे ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत खत्रीले विगतमा पनि शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन तथा वातावरण संरक्षण लगायत क्षेत्रमा आर्थिक सहयोग उपलब्ध गराइँदै आएको उल्लेख गरे ।

कम्पनीले यस प्रयोजनको लागि नियामक निकायबाट जारी निर्देशन अनुसार प्रत्येक आर्थिक वर्ष खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?