+
+
Shares

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश पारित, बीमा शुल्क १० प्रतिशत बढ्यो

हिमालयन बैंकमा नेसनल लाइफको स्वामित्व १३.६१ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेसनल लाइफ इन्स्योरेन्सको साधारण सभाले ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
  • कम्पनीको कुल बीमा शुल्क १०.२६ प्रतिशतले वृद्धि भई २२ अर्ब ५९ करोड पुगेको र कुल बीमा करार दायित्व ९४ अर्ब ५८ करोड पुगेको छ।
  • नेसनल लाइफले हिमालयन बैंकको १३.६१ प्रतिशत सेयर खरिद गरी लगानी बढाएको र नेसनल क्यापिटलले ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ।

३० पुस, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट यसअघि घोषित लाभांश पारित भएको छ ।

कम्पनीको अद्यावधिक चुक्ता पूँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँको ८.५ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस सेयर दिने यसअघिको प्रस्ताव पारित भएको छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न साधारणसभाले अन्य वित्तीय विवरण पनि पारित गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीको व्यवसाय सन्तोषनजनक रहेको छ ।

कम्पनीको कुल बीमा शुल्क १०.२६ प्रतिशतले वृद्धि भई २२ अर्ब ५९ करोड पुगेको छ । समिक्षा वर्षको संचालनबाट १४ अर्ब ९८ करोड खुद थप रकम कुल बीमा करार दायित्वमा सारिएको छ र कुल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भई वर्षान्तमा ९४ अर्ब ५८ करोड पुगेको छ ।

यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवम् आंशिक अवधि समाप्ती दावी, समर्पण मूल्य, दावी एवम् अन्य दावी भुक्तानीमा ९ अर्ब ४८ करोड दावी भुक्तानी गरेको छ ।

कम्पनीले आफ्ना सबै लगानी योग्य रकम नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्र भित्र रहेर दीर्घकालीन क्षेत्रमा लगानी गर्दै आएको छ । कम्पनीको कुल लगानी समीक्षा वर्षमा ११.०४ प्रतिशतले वृद्धि भई वर्षान्तमा ७७ अर्ब ९०.२० करोड पुगेको छ ।

कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । ‘कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ, आ.व.२०८१/०८२ मा सो दर ८.७६ प्रतिशत कायम रहेको छ’ नेसनल लाइफले भनेको छ ।

कम्पनीले आ.व.२०८२/०८३ मा हिमालयन बैंकको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७५२ रुपैयाँमा खरिद गरेको छ । उक्त बैंकमा कम्पनीको सेयर स्वामित्व हिस्सा १३.६१ प्रतिशत पुगेको छ ।

यसैगरी कम्पनीले मर्चेन्ट बैंकरको रुपमा प्रबद्र्धन गरेको सहायक कम्पनी नेसनल क्यापिटलले आवश्यक इजाजतपत्र प्राप्त गरी संचालनमा आएको छ । सो कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को लागि पहिलो पल्ट ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

कम्पनीले आफ्नो इटहरी शाखाको लागि आफ्नो स्वांमित्वमा रहेको जग्गामा नयाँ आधुनिक व्यापारिक भवन निर्माण प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?