News Summary
Generated by OK AI. Editorially reviewed.- नेसनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १२.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
- लाभांशमा ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश समावेश गरिएको छ।
- कम्पनीले २१ करोड ८९ लाख रुपैयाँ बराबर लाभांश प्रस्ताव बीमा प्राधिकरण र साधारणसभामा लगिने जनाएको छ।
३ पुस, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १२.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश रहेको छ ।
२१ करोड ८९ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । नियामक बीमा प्राधिकरण र आगामी साधारणसभामा सो प्रस्ताव लगिने र प्रस्ताव स्वीकृत भएपछि वितरण हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4