+
+
Shares

विशेष अदालतले पनि दियो प्रहरीमा जाहेरी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १७:२२

१९ कात्तिक, काठमाडौं । विशेष अदालतले पनि प्रहरीमा जाहेरी दिएको छ । अदालतले आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको हो ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट क्षति भएको भन्दै अदालतले जाहेरी दिएको परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले बताए ।

तोडफोडमा संलग्नलाई खोजी गरी कारबाही गर्न र क्षति बराबरको बिगो भराउन माग गरिएको छ ।

यसअघि सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौंका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले पनि प्रहरीमा जाहेरी दिएका थिए ।

जाहेरी आएसँगै तोडफोड र आगजनी गर्नेहरूको पहिचान र खोजी प्रहरीले सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?