+
+
Shares

जेनजी पुस्तालाई माधवको अपिल: आउनुहोस् हातेमालो गरौं

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेन–जी पुस्तासँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको अपिल गर्नुभयो।
  • नेपालले बुधबार जेन–जी आन्दोलनका केही अगुवाहरू आफ्नो पार्टीमा प्रवेश गरेको जानकारी दिनुभयो।
  • उहाँले सामाजिक न्याय, भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा हातेमालो गर्न पार्टी तयार रहेको बताउनुभयो।

१९ कात्तिक, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेन–जी पुस्तासँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको भन्दै अपिल गरेका छन्।

काठमाडौंमा भएको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले सामाजिक न्याय, भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्षमा जेन–जी पुस्तासँग हातेमालो गर्न पार्टी तयार रहेको बताए। उनले बुधबार नै जेन–जी आन्दोलनका केही अगुवाहरू आफ्नो पार्टीमा प्रवेश गरेको जानकारी दिए।

‘एउटा खुसीको कुरा सुनाउन चाहन्छु। आज बिहान मात्रै नेकपा एकीकृत समाजवादीको कार्यालयमा जेनजी पुस्ताका वार्तामा रहेकाहरूमध्ये केही युवालाई पार्टी प्रवेश गराएका छौं। उहाँहरूलाई बधाई दिन चाहन्छु। म अरु जेनजी साथीहरूलाई पनि आह्वान गर्न चाहन्छु,’ उनले भने, ‘आउनुहोस्, हातेमालो गर्दै अगाडि बढ्नुस्, सुशासनको पक्षमा, भ्रष्टाचारविरुद्धको अभियानमा, समाज र राजनीतिमा देखिएका विकृति विसंगतिविरुद्ध हामी हातमाले गर्दै अगाडि बढौं,’

उनले सामाजिक अभियन्ताहरूसँग पनि सँगसँगै हातेमालो गर्न तयार रहेको बताए। ‘सामाजिक अभियन्ताहरूको काँधमा ठूलो जिम्मेवारी छ। हामी मुलुकमा सामाजिक परिवर्तन, सुशासन, जनताको जीवनको समृद्धिका लागि लागिरहेका सबै अभियन्ताहरुसँग हातेमालो गर्दै अघि बढ्न चाहन्छौं,’ उनले भने।

आजै पार्टीको सहसंयोजक चयन भएका नेपालले नेपाली राजनीतिको महत्वपूर्ण शक्तिको रूपमा, नेपाली समाजको एउटा महत्वपूर्ण बाहक शक्तिको रूपमा नेपाली कम्युनिष्ट पार्टीलाई अगाडि बढाइने दावी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?