Comments Add Comment

 यती एअरलाइन्स अब पोखराबाट भरतपुर र भैरहवामा

९ साउन, काठमाडौं । यती एअरलाइन्सले आफ्नो ३० सिट क्षमता युक्त ‘जेटस्ट्रिम-४१’ विमानमार्फत पोखराबाट मुलुककै भैरहवा, भरतपुरमा उडान सेवा सुरु गर्ने भएको छ । नेपालगञ्जमा पनि पोखराबाट चार्टरमा फ्लाइट हुनेछ ।

यती एअरलाइन्सले पोखराबाटै दैनिक माउन्टेन फ्लाइट, ‘अन्नपूर्ण एक्सप्रेस’ समेत थाल्ने भएको छ ।

यती एअरलाइन्सले आउँदो साउन १६ गतेबाट भैरहवाका लागि पोखराबाट दैनिक उडान सुरु गर्न लागेको हो । त्यसैगरी, पोखराबाटै भरतपुरको उडान भादौ १५ गतेबाट र ‘अन्नपूर्ण एक्सप्रेस’ माउन्टेन फ्लाइट भदौ २९ गतेबाट सुरु हुनेछ । यतीले पोखराबाट नेपालगञ्जका लागि ‘चार्टर्ड फ्लाइट’ सेवा पनि सुरु गरेको छ ।

भरतपुरमा पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको सफारी र नारायणी नदीबाट सूर्यास्तको दृश्यावलोकन लगायतका बिविध गतिविधि गर्न सक्नेछन् । अब काठमाडौं-पोखरा-भरतपुरको ‘गोल्डेन ट्रयांगल’मा यती एअरलाइन्सको हवाइ सम्पर्क स्थापित भएको छ ।

यती एअरलाइन्सले कम भाडा दरमा मात्र २० मिनेटको उडानमार्फत पोखरा र भैरहवालाई पनि जोड्ने छ । पोखरा विमानस्थलबाट दैनिक ३० मिनेटको माउन्टेन फ्लाइट पनि सुरु हुनेछ ।

जसमा पर्यटकले माछापुच्छ्रे हिमाल र अन्नपूर्ण तथा धौलागिरी जस्ता हिमश्रृंखलाको अलौकिक दृश्यावलोकनगर्न सक्नेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment