+
+
Shares

अज्ञात समूहले कावासोतीमा जलायो जिल्ला अदालतको गाडी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १० गते ९:३१

१० साउन, नवलपरासी । पूर्वीनवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । नवलपुर जिल्ला अदालतको बा२झ ३५०२ नम्बरको पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी अर्जुन रानाभाटले जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडु चढ्दै आएको गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको जानकारी दिए ।

रानाभाटका अनुसार, आगजनीबाट गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको छ ।

गाडी बडु भाडामा बस्दै आएको कावासोती ८ स्थित थकाली चोकका अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरेर राखिएको थियो ।

राति सोही घरमा बस्दै आएका झपटबहादुर कुँवरलगायतले आगो बलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति नै प्रहरी, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको रानाभाटले जानकारी दिए ।

विप्वल समूहले केही दिनअघि सरकारी गाडी चल्न नदिने चेतावनी दिएकाले घटनामा उसैको संलग्नता हुनसक्ने आशंका गरिएको छ । तर, खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?