Comments Add Comment

सनराइज बैंकका सीईओ पौडेलले गरे पदभार ग्रहण

१० साउन, काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) मा नियुक्त जनक शर्मा पौड्यालले पदभार ग्रहण गरेका छन् । सनराइज बैंकको बोर्ड बैठकले शर्मालाई २९ असारमा सीईओ नियुक्त गरेको थियो ।

बिहीबार बैंकका अध्यक्ष मोतिलला दुगढले औपचारिक रुपमा शर्मालाई स्वागत गरे । यसअघि सनराइज बैंकले सीईओमा निरज श्रेष्ठलाई नियुक्त गरेको थियो । आफ्नो नियुक्तिलाई लिएर बैंक सञ्चालक समितिमा विवाद भएको भन्दै श्रेष्ठले कार्यभार नसम्हाल्ने भन्दै पत्राचार गरेका थिए ।

सीईओमा नियुक्त भएका पौड्याल यसअघि ग्लोबल आइएमई बैंकका सीईओ थिए । गत माघमा राजीनामा दिएर ग्लोबल आइएमई छाडेका उनको ६ महिनाको कुलिङ पेरियडसमेत समाप्त भइसकेको छ ।

बैंकिङ क्षेत्रमा ३ दशक बढी बिताएका उनले सन् १९८४ मा नविल बैंकको शाखा प्रबन्धक पदबाट यात्रा सुरु गरेका थिए । नविलमा ११ वर्ष बित्दै गर्दा सञ्चालनको तयारीमा रहेको नेपाल इन्डष्ट्रियल एण्ड कमर्सियल बैंक (हाल एनआईसी एसिया) मा राम्रो अवसर आयो । त्यहाँ आधा दशक काम गरेका लक्ष्मी बैंकको स्थापनाकालमै आवद्ध भए ।

व्यवसायी राजेन्द्र खेतान बैंक खोल्न लाइसेन्स लिएर बसेका थिए । बैंक सञ्चालनका लागि नेतृत्व लिन भनेपछि पौड्यालले एनआईसी एसिया छाडे । तर, राष्ट्र बैंकले सीईओका लागि स्नातकोत्तर पास गरेको हुनुपर्ने प्रावधान ल्याउन लागेको चर्चा चलेपछि १५ महिने अध्ययन बिदा लिए । लण्डनमा एक वर्षमै एमबीए सकिने भएपछि पौड्याल त्यतै लागे । पढ्दापढ्दै बेलायतको पीआर पाएपछि केही समय उतै काम गरे ।

आफ्नै देशमा केही गर्नुपर्छ भन्ने लागेर स्वदेश फर्किएको बताउने पौडेल ०६५ सालमा ग्लोबल आइएमई बैंकमा सहायक महाप्रबन्धक बने । त्यसपछि नायव महाप्रबन्धक, महाप्रबन्धक, नायव प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुँदै सीईओ भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment