+
+
Shares

ट्रकले बसलाई ठक्कर दिँदा १५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १० गते १२:०३

१० साउन, चितवन । चितवनको इच्छाकामना गाउँपालिका अन्तर्गत पृथ्वीराजमार्गको लेवाटारमा ट्रकले बसलाई ठक्कर दिदा १५ जना घाइते भएका छन् ।

शुक्रबार बिहान करिब पौने नौ बजे मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना८ख ६०५८ नम्बरको बसलाई बिपरीत दिशाबाट आउँदै गरेको ना६ख २८९५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

बसका चालकसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।

दुर्घटना भएका बस र ट्रक सडकमै रहेकोले सवारी एकतर्फी मात्रै चलेका छन् । त्यसलाई हटाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने ट्रक चालक फरार भएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?