Comments Add Comment

बाथरुम कस्तो बनाउने ?

घर भन्ने बित्तिकै बाथरुम कस्तो छ भन्ने कुरा साथसाथै जोडिएर आउँछ । घर जति नै सुन्दर र आकर्षक भए पनि बाथरुम सफा, सुन्दर तथा आकर्षक भएन भने त्यो घरको कुनै अर्थ रहँदैन । त्यसैपनि बाथरुम घरको एउटा त्यस्तो स्थान हो, जहाँ हामी जीवनका अत्यन्त नीजि क्षणहरु बिताइरहेका हुन्छौं ।

त्यसकारण बाथरुमलाई सुविधा सम्पन्न समेत हुनु पर्दछ । एउटा आइल बाथरुम कस्तो हुनुपर्छ ?

बाथरुमको आकार

प्राय हरेक घरमा बाथरुमको आकार औषत भन्दा सानै हुन्छन् । ठूल्ठूला शहरहरुमा थोरै जग्गामा घर बनाउनु पर्ने बाध्यता भएकाले पनि हरेक घरमा बाथरुमको आकार सानै हुन्छ । बाथरुम औषतभन्दा सानो छ भने पनि चिन्ता गर्नु हुँदैन ।

यदि तपाईंको बाथरुम सानो छ भने बाथरुममा राखिने सामग्रीहरुको छनोटमा विशेष ध्यान दिनु पर्छ । उदाहरणको लागि सानो बाथरुममा बाथपटको साटो बाथ सावरको प्रयोग गर्नु पर्छ । यसबाहेक बाथरुममा सिन्क अथवा बेसिन नराख्दा पनि हुन्छ । त्यसले बाथरुमको आकार ठूलो देखिन्छ ।

बाथरुमको आकार ठूलो देखाउने अर्को एउटा उपाय भनेको बाथरुमको भित्तामा लगाइने रंगको छनोट पनि हो । यदि तपाईंको बाथरुमको आकार सानो छ भने बाथरुमको चार वटै भित्ताको रंग र भुईंको टाइलको रंग उस्तै हुनुपर्छ । यसले बाथरुमको आकार ठूलो देखिन्छ । भुईंमा सानो आकारको टाइल प्रयोग गर्नु पर्छ । यसले पनि बाथरुमको आकार ठूलो देखिन्छ ।

बाथरुममा यदि दराज बनाउने हो भने पुरै भित्ता ढाकिने भन्दा एउटा भित्तामा टाँसेर अग्लो आकारको बनाउनु पर्छ । यसले बाथरुमको आकार सानो हुनबाट जोगिन्छ । बाथरुमको एउटा भित्ता भरी ऐना राख्न सकिन्छ । यसले पनि बाथरुमको आकार ठूलो देखिन्छ ।

टायलको प्रकार

बाथरुममा कस्तो आकार, रंग र गुणस्तरको टायल लगाउने भन्ने कुरालेपनि बाथरुमको स्वरुप निर्भर गर्छ । बाथरुममा प्रायः चम्किलो अर्थात उज्यालो रंगका टायलहरु प्रयोग गर्नु पर्छ । त्यस्ता टायलहरु सफा गर्न पनि सजिलो हुन्छ । यदि उक्त टायल चिल्लो प्रकारको छ भने त्यसलाई भुईंको साटो भित्तामा प्रयोग गर्नु पर्छ ।

बाथरुममा प्राय सेरामिकका टायलहरु बढि टिकाउ मानिन्छ । बाथरुममा राखिने टायलहरु छिट्टै पानी सोस्ने प्रकृतिको हुनु पर्छ । पछिल्लो समयमा निमर्ँण भैरहेका घरहरुका बाथरुममा मार्बल, ग्रेनाइ अथवा स्लेटको समेत प्रयोगगर्न थालिएको छ । यी तीनै प्रकारका पदार्थहरुमा दाग लाग्दैन भने ज्यादा टिकाउ पनि हुन्छन् । यी निर्माण सामाग्रीलाई टायलकै आकारमा काटेर प्रयोग गर्न सकिन्छ ।

रंग

बाथरुम आकर्षक देखिने अथवा नदेखिने भन्ने कुरा यसको भित्तामा लगाइएको रंगले निर्धारण गर्दछ । त्यसैले बाथरुममा त्यस्तो रंग प्रयोग गर्नु पर्छ, जुन हेर्दा आकर्षक हुनुका साथै टिकाउ पनि होस् । सस्तो खालको रंग लगाउने हो भने बाथरुमको भित्ताको सतह त छोपिन्छ, तर त्यसलाई भविष्यमा सफा गर्न गाह्रो पर्छ  ।

त्यसैले बाथरुमको भित्तामा गुणस्तरीय रंग (ग्लसी अथवा सेमी ग्लसी) मात्र प्रयोग गर्नु पर्छ । रंग लगाउनु भन्दा अघि बाथरुमको भुईंबाट भित्तातर्फ केही टायल्स पनि लगाउनु पर्छ । यसले नुहाउने क्रममा पानीले भिजे पनि रंग उड्ने सम्भावना कम रहन्छ । बाथरुममा राखिएको टायलहरुलाई भने सफा गरिरहनु पर्छ ।

बाथ टब

सामान्यतयाः बजारमा दुई सय लिटरदेखि एक हजार लिटरसम्मको क्षमतामा पाइन्छ । त्यसकारण आफ्नो बाथरुमको आकार अनुसार नै बाथ टबको छनोट गर्नु पर्छ । बजारमा सस्तो मूल्यका फाइबर ग्लास बाथ टब पनि पाइन्छन्, तर तीनिहरुको साटो हल्का महंगो पर्ने गुणस्तरीय एक्रेलिक बाथ टब नै छान्नु पर्छ । एक्रेलिक बाथ टब हेर्दा राम्रो देखिने त छँदैछ, लामो समयसम्म टिकाउ पनि हुन्छ । यसको रंग समेत लामो समयसम्म टिक्छ ।

सावर

बजारमा विभिन्न प्रकारका सावरहरु उपलब्ध छन्, तीनको मूल्य गुणस्तर अनुसार फरक-फरक पर्छ । बजारमा सिंगल फिक्स्ड वाल सावरदेखि वाइड कभरेजसम्मका सावरहरु उपलब्ध छन् । त्यसैले तपाईंले आफ्नो बजेट अनुसारको सावर छनोट गर्न सक्नु हुन्छ ।

सिन्क/बेसिन

सिन्क अथवा बेसिन बाथरुमको विशेष आकर्षण हुने । त्यसैले यो आकर्षक हुनै पर्छ । पछिल्लो समय बजारमा विभिन्न रंग र आकार-प्रकारका बेसिनहरु पाइन्छन् । सिन्क अथवा बेसिन प्रायः सेतो रंगमै राम्रँे देखिन्छ । बाथरुमको आकार अनुसार बेसिनको आकार छनोट गर्न सकिन्छ ।

प्रकाश व्यवस्थापन

बाथरुम सधैं उज्यालो हुनु पर्छ । दिउँसो त सूर्यको प्रकाशले नै बाथरुम उज्यालो हुन्छ, राती पनि राम्रो सिएफएल वल्व प्रयोग गरेर बाथरुमलाई उज्यालो बनाउनु पर्छ ।

बाथरुमको सरसफाइ

बाथरुमको दुर्गन्ध पठाउनका लागि त्यसको झ्याल सधैं खुला हुनुपर्छ । खुला झ्यालबाट हावा आउन-जान पाउँछ । बाथरुममा एकजस्ट फ्यान पनि लगाउन सकिन्छ । अचेल बजारमा स्वचालित एकजस्ट फ्यान पनि पाइन्छ । यस्तो फ्यान बाथरुमको अवस्था अनुसार बन्द हुने र खुल्ने हुन्छ । .

बाथरुममा अपनाउने पर्ने सावधानीहरु

बाथरुममा चिप्लिएर धेरै जनामा मानिसहरु घाइते भएको अथवा ज्यानै गएका घटनाहरु सार्वजनिक भैरहेका हुन्छन् । त्यसैले बाथरुमलाई जहिले पनि सुख्खा राख्नु पर्छ ।

बाथरुममा बाथ टव छ भने आउँदा-जाँदा त्यसमा ठोक्किएर चोटपटक लाग्न सक्छ, त्यसैले राती बाथरुम जाँदा बत्ति बालेर मात्र प्रवेश गर्नु पर्छ ।

दुर्घटनाबाट बच्नका लागि बाथरुमको एउटा निश्चित स्थानमा बार अथवा छड राख्न सकिन्छ,जसलाई समातेर हिंड्ने अथवा उठ्ने गर्नाले दुर्घटनाको सम्भावना कम हुन्छ ।

बाथरुममा टेम्प्रेचर कन्ट्रोल हिटर अथवा गिजर नै राख्नु पर्छ । प्राय गिजरको तापक्रम ६५ डिथ्रीमा सेट गरिएको हुन्छ । यसले साना बच्चाहरुलाई पानीले पोल्न सक्छ । त्यसैले गिजरको टेम्प्रेचर ४८ डिग्री सेट गर्नु पर्छ । यसबाहेक बाथ टव अथवा सावरमा टेम्प्रेचर अथवा प्रेसर रेगुलेटेड भल्भ लगाउनु पर्छ, जसबाट पानीको तापक्रम अचनाक बढ्न अथवा घट्न पाउँदैन ।

बाथरुममा विजुलीको वायरिङ तथा अर्थिङ उचित तरिकाले गरिएको हुनुपर्छ । झुक्किएर पनि करेन्ट लाग्ने सम्भावना हुनु हुँदैन । त्यसका लागि बेला-बेलामा वाइरिङ चेक गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment