Comments Add Comment

‘धुर्मुस–सुन्तली’को फिल्ममा रामबाबु निर्देशक, नाम ‘छलकपट’ ?

चितवनमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउन व्यस्त रहेका हाँस्य कलाकार सिताराम कट्टेलले अब चलचित्रको कामलाई पनि अगाडि बढाउने बताएका छन् । उनले भने–‘म आज मात्र काठमाण्डौ आइपुगेँ । अब, चलचित्रको काम पनि तिव्रताका साथ अगाडि बढ्छ ।’

यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् । रामबाबु अहिले चलचित्रको स्क्रिप्ट फाइनल गर्ने काममा व्यस्त छन् । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज भएपछि यो चलचित्रको छायांकन सुरु हुनेछ ।

चलचित्रका लागि मुख्य भूमिकामा सिताराम कट्टेल र कुञ्जना घिमिरे आफैले अभिनय गर्दैछन् । लामो समयदेखि समाजसेवामा सक्रिय यो जोडी पर्दामा फर्किदैछ । यसैले पनि यो जोडीको प्रतिक्षा दर्शकलाई व्यग्रताका साथ रहेको छ ।

चलचित्रको नाम ‘एन्टीभाइरस’ राखिएको थियो । तर, अहिले चलचित्रको नाम परिवर्तन भएको खबर सार्वजनिक भएको छ । चलचित्रको नाम ‘छलकपट’ राखिएको वुझिएको छ । तर, निर्माता समेत रहेका कलाकार सितारामले भने नामको बिषयमा छलफल भैरहेपनि फाइनल नभएको प्रतिक्रिया दिए । चलचित्रमा नायक दयाहाङ राइको पनि भूमिका रहनेछ । तर, उनको भूमिका मुख्य हुने या केमियो हुने भन्ने अहिलेसम्म खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment