Comments Add Comment

लिभ इन रिलेसनसिपः फस्नुहोला है

समाजको आधुनिकिरणसँग हाम्रो जीवनशैलीमा पनि थुप्रै परिवर्तन आएका छन् । यसले एकातिर हामीलाई जीवन जीउन सहज त भएको छ, तर यहि आधुनिकरणसंगै आएका विकृतीहरुका कारण समाजमा दिन-दिनै नराम्रा घटनाहरु समेत सार्वजनिक हुन थालेका छन् । तीमध्ये एक हो-लिभ इन रिसेशनशीप ।

त्यस्ता जोडी, जो विवाह नगरी श्रीमान्-श्रीमतीको रुपमा रहन्छन्, त्यो सम्बन्धलाई लिभ इन रिलेशनशीप भनिन्छ । पश्चिमबाट प्रारम्भ भएको यो संस्कृति अहिले नेपालमा समेत फेसन झैं बन्न थालेको छ । पश्चिमा मुलुकमा सामान्य झैं भैसकेको यो सम्बन्ध नेपालमा पनि चर्चाको विषय बन्न थालेको छ । अझ, विदेशमा बस्ने नेपालीमाझ त यो सम्बन्ध झन् बढि फैलिरहेको छ ।

के लिभ इन रिलेशनशीप राम्रो संस्कृति हो त ? यसले समाजलाई कतातिर लैजादैछ । यसबारेमा थोरै चर्चा गरौं ।

आज लिभ इन रिलेशनशीप भन्ने सम्बन्ध माया, प्रेमहुँदै यौनसम्म पुगेर धोका र हत्यासम्म पुगेर टुंगिंदै छ । लिभ इन रिलेशनमा रहेका पार्टनरको हत्या अथवा आत्महत्या जस्ता कुराहरु अहिले प्रँयः समाचार बनिरहेका हुन्छन् । जसका कारण पनि यो सम्बन्धका बारेका नकारात्मक पक्षहरुका बारेमा औंला उठ्न थालिसकेको छ ।

पश्चिमबाट भित्रिएको यो संस्कृतीलाई हामीले सहजै ग्रहण गर्न त सक्छौं,  तर के हाम्रँ परम्परा, मूल्य, मान्यता अनुरुप हामीले यो संस्कृतीलाई अपनाउन सक्छौं त ।

हुन त हरेक कुराको केही फाइदा तथा केही वेफाइदा हुन्छन् नै । लिभ इन रिलेशनको कुरा गर्नु पर्दा यो आफैंमा नराम्रो कुरा होइन । वास्तवमा हामीले यसको सम्पुर्ण प्रक्रिया के हो भन्ने बुझ्न सकेका छैनौं । हामीले यसको ढाँचा अनुसार आफुलाई ढाल्न सकेका छैनौ ।

के हो लिइ इन रिलेसनशीप ?

कुनै पनि महिला र पुरुष विवाह नगरीकनै संगै बस्ने संस्कृति नै लिभ इन रिलेसनशीप हो । यो सम्बन्धमा सँगै बस्नका लागि समाजिक र आर्थिक जस्ता कुनै पनि किसिमको बाध्यता हुँदैन, न त कुनै दवाव नै हुन्छ ।

युुवा-युवती आफ्नो चाहनाले नै सँगै बस्छन् र इच्छा नलागे पछि छुट्टछिन् । हाम्रो समाजले यस किसिमको सम्बन्धलाई केहि हदसम्म स्वीकार गर्न थालेको छ । विदेशमा रहेका युवाहरुले यसलाई तिव्र रुपमा अपनाएका छन् । युवाहरुले आफ्नो सजिलोका कारण यो संस्कृतीलाई तिव्र रुपमा अपनाउन थालेका हुन् । आजको व्यस्त जीवनलाई सन्तुलनमा राख्नका लागि तथा आफ्नो करियरलाई अगाडि बढाउनका लागि लिभ इन रिलेसनशीप बन्धन बिनाको सजिलो सम्बन्ध भएको छ । यीनै कारणले गर्दा आज लिभ इन रिलेसनशीप जस्तो संस्कृतीको ढाँचा तिव्र गतिमा बढ्न थालेको छ ।

अर्थहीन सम्बन्ध

लिभ इन रिलेसनशीप जस्तो अर्थहीन सम्बन्धका कारण समाजमा धेरै हत्या र आत्महत्या जस्ता घटनाहरु घटिरहेका छन् । जसरी कुनै बन्धन नहुने भनेर यो नयाँ सम्बन्धमा बाँधिधन्छौ, केहि समयपछि त्यहि सम्बन्धमा पनि बन्धनको अनुभव गर्न थाल्छौ ।

केही समयसम्मका लागि दुबैलाई एक-अर्काको व्यवहार र साथ रमाइलो लागे पनि कालान्तरमा यो सम्बन्धमा बन्धनको अनुभव हुन्छ । दुई मध्ये कुनै एकले विवाहको चाहाना राख्ने र अर्कोलाई विवाहको कुनै चाहाना नहुने जस्ता कारणले घटनाको रुप लिन थाल्छ । जसका कारण हत्या अथवा आत्महत्या हुन थाल्छ । त्यस्तै यो सम्बन्धमा बच्चाको चाहाना हुनु र अर्को पक्षलाई त्यसको चाहना बेकार लाग्नुले पनि घटना घट्ने कारण बन्न पुग्छ ।

उस्तै सोचाई

वास्तवमा पश्चिमको यो परम्परालाई हामीले आफ्नो सुविधाको लागि आत्मसात त गर्‍यौं, तर हाम्रो सोचाई भने आज पनि उस्तै छ । यो सम्बन्ध चाहेको समयमा छुट्टनि सक्छ भने दवावको कुनै आवश्यकता नै हुँदैन । बच्चाको लागि दवाव, विवाहको लागि दवाव जस्ता कुराहरुले यो सम्बन्धमा घटनाहरु घट्न थाल्छन् । यो सम्बन्धमा छट्ट्िने सुविधा छ । यो पारम्परिक विवाह जस्तो जटिल वन्धन होइन । यसमा छुटि्नका लागि कसैको सहमतिको आवश्यकता पर्दैन ।

लिभ इन रिलेशनमा यदि तपाईको पार्टनरसँग सम्बन्ध राम्रो छ भने ठिक छ, नभए तपाईंले यो सम्बन्धलाई आफुले चाहेको समयमा पुर्ण विराम लगाउन सक्नु हुन्छ । इच्छा नभई यो सम्बन्धमा सम्झौता गरेर बस्नुको अर्थ घटनालाई निम्ता दिनु बराबार हो । पश्चिममा यसलाई ‘वाक इन वाक आउट’ रिलेशनशीप पनि भनिन्छ ।

दुईमध्ये जसलाई यो सम्बन्धको अन्त्य गर्न मन लाग्छ, उसले गर्न सक्छ र अर्कोको बिरुद्ध नैतिक जिम्मेदारी अथवा खराव चरित्र जस्ता कुनै पनि आरोप लगाउन मिल्दैन । पश्चिमबाट भित्रिएको यो संस्कृतीलाई अपनाउदा के कुरामा ध्यान दिनु पर्छ भने एक-अर्काको चाहानाले यो सम्बन्धमा रहेता पनि एक-अर्काबाट श्रीमान्-श्रीमती जस्तो व्यवहार चाहानु, बच्चा, विवाह र एक-अर्कामा अधिकार जमाउनु जस्ता कुराले यो सम्बन्धलाई बन्धनको रुपमा परिणत गराउँछ, जुन लिभ इन रिलेसनशीपमा रहेका सबैले चाहँदैनन् ।

एक-अर्कासंग धेरै समय बिताएपछि दुई मध्ये एक भावुक हुन थाल्छ, जुन यो सम्बन्धका लागि हानिकारक हुन्छ । त्यसैले केही नराम्रो हुनु अगाडि नै यो सम्बन्धको अन्त्य गरिहाल्नु उपयुक्त हुन्छ ।

विश्वासमा कमी

हरेक सम्बन्धमा विश्वास हुन आवश्यक छ । जहाँ दुई व्यक्ति एकै साथ हुन्छन्, त्यहाँ विश्वास हुनु अति नै आवश्यक छ । दुई मध्ये एक विश्वासको लायक छैन अथवा आफुलाई पार्टनरको कारणले समस्या छ भने त्यहि समयमा आफ्नो  सम्बन्धबाट छुटि्नु पर्छ ।

लिभ इन रिलेसनशीपमा रहेकाले पार्टनरलाई दिएको समस्यालाई सहेर बस्ने, उसको अनावश्यक कुरालाई झेल्नु पर्ने कुनै बाध्यता हुँदैन । आफ्नो पार्टनरले दिएको समस्याको समाधानको लागि उसले प्रहरीको सहयोग पनि लिन सक्छ । तर निराश भएर आत्महत्या गर्ने, आक्रोशित भएर हत्या गर्ने जस्ता कुरा हुन दिनु हुँदैन ।

लिभ इन रिलेसनशीप बढ्नुको कारण

करियरको दौडधुपमा आज मानिसलाई विवाह बन्धन झैं लाग्न थालेको छ । युवाहरु एक-अर्कालाई प्रेम गर्छन् र नजिक त हुन्छन् तर आफ्नो उज्वल भविष्य बनाउनका लागि विवाहको जिम्मेदारी उठाउनका लागि तयार हुँदैनन् । उनीहरु विवाहलाई एउटा बोझ सम्झन्छन् तर आफ्नो लिभ इन रिलेसनशीपको पार्टनरबाट ती सबै कुरा चाहन्छन्, जुन एउटा श्रीमान् अथवा श्रीमतीको रुपमा मात्र पाउन सकिन्छ । यौन शरीरको प्रँकृतिक आवश्यकता हो । कुनै एक व्यक्ति आफ्नो यौन चाहाना पुरा गर्न चाहान्छ भने त्यस्तो अवस्थामा उनीहरुलाई लिभ इन रिलेसनशीप सहि उपाय लाग्छ ।

यहि क्रममा उनीहरु श्रीमान्-श्रीमती झैं एउटै कोठामा रहन्छन् र शारीरिक सम्बन्ध पनि राख्छन् । यसले दुबैलाई सुरक्षित त हुन्छ नै एकै साथ रहदा खर्च पनि कम हुन्छ ।

घरबाट टाढा रहने धेरैजसो युवाहरु लिभ इन रिलेसनशीपमा रहेको पाइन्छ । उनीहरुले आफ्ना परिवारलाई यस किसिमको सम्बन्धको बारेमा कुनै पनि जानकारी दिएका हुँदैनन् । प्रारम्भमा उनीहरुलाई आफ्नो परिवारसंग आफ्नो त्यस किसिमको सम्बन्धको बारेमा थाहा नदिइ बस्न रमाइलो लाग्छ । तर, लामो समय संगै बस्ने क्रममा जब दुईले एक-अर्कालाई श्रीमान्-श्रीमतीको जस्तो व्यवहार गर्न थाल्छन् , त्यो समयमा यो सम्बन्ध पनि बन्धन जस्तो अनुभव हुन थाल्छ ।

विवाह र लिभ इन रिलेसनशीप

विवाह केवल दुई महिला-पुरुषको मात्र मिलन होइन । यो दुई परिवारबीचको मिलन पनि हो । विवाहले दुई युवा-युवतीलाई सामाजिक रुपमा एक सुत्रमा बाँधिने मान्यता दिएको हुन्छ । विवाहले दुबैलाई सामाजिक प्रतिष्ठा प्राप्त हुन्छ । तर लिभ इन रिलेसनशीप आफ्नो आवश्यकता अनुरुप दुई युवा-युवतीको मिलन हो । यो अस्थायी रुपमा बाँधिएको सम्बन्ध हो, जुन कुनै पनि समय छुट्न सक्छ ।

लिभ इन रिलेसनशीपमा कुन समयमा आफ्नो पार्टनरले छोडेर जाने हो भन्ने डर दबवैको मनमा हुन्छ । यस प्रकारको सम्बन्धमा सधैं तनावको स्थिति रहिरहन्छ । यो सम्बन्ध समाजको दायरा भन्दा फरक नितान्त निजी सम्बन्ध हो ।

तर, विवाह एउटा त्यस्तो जटिल प्रक्रिया हो, जसमा दुबै युवा-युवतीले आफु खुशी छुटि्न त्यति सजिलो छैन । समाजले यसको अनुमती दिंदैन । यस प्रकार दुबै सम्बन्धका आफ्नै फाइदा तथा वेफाइदा छन् ।
वास्तवमा कुरा हाम्रो सोचाईको हो । ग्लोबलाइजेनपछि सबै देशहरुबीच परम्पराहरु तिव्र रुपमा आदान-प्रदान हुन थालेको छ । तर कतिपय स्थितिमा हाम्रो अवस्था दुई डुंगामा यात्रा गरेको जस्तो हुन्छ ।

हामी नयाँ परम्परालाई त स्वीकार गर्छौं, तर आफ्नो पारम्परिक सोचलाई परिवर्तन गर्न चाहँदैनौ । जसका कारण हामी पुर्ण रुपले यसको लागि तयार हुन सक्दैनौ । लिभ इन रिलेसनशीनमा आउने प्राय समस्याको महत्वपूर्ण कारण पनि यहि हो ।

युवतीमा बढि प्रभाव

लिभ इन रिलेसनशीपको प्रभाव पुरुषको तुलनामा महिलामा बढि पर्ने गर्छ । किन भने यस प्रकारको सम्बन्ध प्रेमभन्दा पनि आकर्षणमा निर्भर हुन्छ । शरीरको आकर्षण हराउन थालेपछि सम्बन्धमा फाटो आउन थाल्छ । दुबैबीच झगडा हुन थाल्छ । यस प्रकारको सम्बन्ध छुट्दा महिलालाई धेरै असर पर्छ । परम्परागत सोचाई राख्ने हाम्रो समाजले त्यस्ता महिलालाई सम्मान दिँदैन, जो विवाह अगाडि नै कुनै परपुरुषसंग एउटै घर अथवा कोठामा बसिसकेकी छिन् ।

त्यस्तो अवस्थामा महिलाहरुलाई आफ्नो भविष्य अन्धकारमय लाग्न थाल्छ । आज पनि हाम्रो पुरुषप्रधान समाजमा पुरुषको गल्ती देखिँदैन । तर महिलालाई समाजले घृणाको दृष्टिले हेर्न थाल्छ, जसका कारण महिलाहरु आत्महत्या जस्तो खतरनाक कदम उठाउन बाध्य हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment