Comments Add Comment

आजका पत्रपत्रिका : कोसी उच्च बाँधमा कुरा मिलेन

१३ साउन, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

कान्तिपुरले ‘कोसी उच्च बाँधमा कुरा मिलेन’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । नेपाल र भारतका अधिकारीहरूबीच नयाँ दिल्लीमा बाँधबारे छलफल गर्न बैठक बसे पनि आ–आफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगिएको समाचारमा उल्लेख छ ।

नयाँदिल्लीमा बिहीबार र शुक्रबार बसेको जलस्रोतसम्बन्धी विज्ञ समूहको संयुक्त बैठकमा सप्तकोसी बहुउद्देश्यीय परियोजना, त्यसअन्तर्गत कोसी उच्च बाँध र सुनकोसी–कमला डाइभर्सन परियोजनाबारे छलफल भएको थियो ।

छलफलमा सहभागी एक नेपाली सरकारी अधिकारीका अनुसार नेपाली पक्षले अहिलेको अवस्थामा सप्तकोसी उच्च बाँध परियोजना अघि बढाउन नसकिने भन्दै विराटननगरस्थित संयुक्त कार्यालयलाई निरन्तरता दिने कि नदिने भन्ने प्रश्न उठाएको थियो । भारतीय पक्षले भने कार्यालयलाई निरन्तरता दिँदै परियोजनाको काम अघि बढाउनुपर्ने जोड दिएको थियो ।

मुलुकको व्यापार घाटासम्बन्धी अर्को खबरलाई पनि कान्तिपुरले प्राथमिकतापूर्वक छापेको छ । समाचार अनुसार व्यापार घाटा १३ खर्ब २१ अर्ब पुगेको छ । यो गत वर्षको बजेटभन्दा ६ अर्ब रुपैयाँले बढी हो । आ.व ०७४/७५ मा व्यापार घाटा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ थियो ।

माछापुच्छे र अन्नपूर्णलगायत हिमश्रृंखलाको तस्वीर छापेको अन्नपूर्णले कांग्रेसमा महाधिवेशन मिति तोक्न दबाव परेको लेखेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाइतर समूहले तत्काल महाधिवेशन गर्न दबाव दिएका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशन फागुनमा नहुने निष्कर्षमा पुगे पनि कहिलेसम्म गर्ने भन्ने टुंगो छैन ।

वीर अस्पताल बेथितिबारे पनि अन्नपूर्णले आज उधिनेको छ । समाचार अनुसार देशको जेठो अस्पताल आईसीयू अभाव, जनशक्ति पलायन र उपकरण बिग्रिने रोगले ग्रस्त छ ।

राजधानीले पनि यही अस्पतालबारे मुख्य समाचार बनाएको छ । राजधानीको निष्कर्ष छ–देशकै जेठो अस्पताल वीर आफैं बिरामी छ ।’
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment