Comments Add Comment

ट्वीटरको नयाँ लुक्स मन परेन ? यसरी पाउनुस् पुरानै डिजाइन

माइक्रो ब्लगिङ साइट ट्वीटरले हालै आफ्नो वेबसाइट तथा मोबाइल एपको युजर इन्टरफेस तथा डिजाइनमा केही परिवर्तत गर्‍यो ।

ट्वीटरको परिवर्तित नयाँ डिजाइन कतिपय प्रयोगकर्ताले मन पराए त कतिपयले आफूलाई पुरानै लुक्स मन परेको बताइरहेका छन् ।

यदि तपाईं पनि ट्वीटरको प्रयोगकर्ता हुनुहुन्छ र पुरानो ट्वीटर डिजाइन मिस गरिरहनु भएको छ भने पुरानै डिजाइन फिर्ता पाउने एउटा तरिका छ ।

ट्वीटर प्रयोगकर्ता तथा सफ्टवेयर डेभलपर जुसरले गुगल क्रोम तथा मोजिला फायरफक्सको एउटा एडअन शेयर गरेको छ जसको प्रयोग गरी प्रयोगकर्ताले आफ्नो पर्सनल कम्प्युटरमा ट्वीटरको पुरानो वेब इन्टरफेस प्रयोग गर्न सक्नेछन् ।

गुड ट्वीटर नामको यो एड–अन या ब्राउजर एक्सटेन्सन उसो त कुनै आधिकारिक विधि होइन, तथापि प्रयोगकर्ताहरुले यसलाई रुचाउन थालेका छन् । क्रोम तथा फायरफक्समा हजारौं प्रयोगकर्ताले यो एक्सटेन्सन इन्स्टल गरेका छन् र रेडिटमा यससँग सम्बन्धित विस्तृत विवरण तथा समीक्षा शेयर गरेका छन् । डेभलपरका अनुसार यो एडअन प्रयोगकर्ताको ब्राउजिङ डाटाको निगरानी गर्नेछैन । यस्ता आशंकाहरु दूर गर्नका लागि डेभलपरले यसको सोर्स कोड समेत GitHub मा शेयर गरेका छन् । यो एक्सटेन्सनलाई क्रोम ब्राउजरमा क्रोम वेबस्टोरबाट तथा फायरफक्समा फायरफक्स एडअन म्यानेजरबाट डाउनलोड गर्न सकिन्छ ।

यसका अलावा द भर्जले समेत पूरानो ट्वीटर डिजाइन फिर्ता प्राप्त गर्ने तरिका शेयर गरेको छ । तर यो अस्थायी तरिका हो र एपलाई रि लोड गरेसँगै पुनः नयाँ इन्टरफेस नै देखापर्नेछ ।

यो तरिकाबाट पुरानो ट्वीटर पाउनका लागि तपाइँले ट्वीटर खोल्नु पर्दछ र बायाँतर्फको मेन्यूमा रहेका तिनवटा विन्दुको चिन्हमा क्लिक गरी more अप्सन छनोट गर्नुपर्दछ ।

त्यसपछि सेटिंग्स एण्ड प्राइभेसी अप्सनबाट अबाउट ट्वीटर अप्सनमा जानु पर्दछ । त्यहाँ directory मा क्लिक गरेसँगै एक नयाँ ट्वीटर ट्याब खुल्नेछ । जहाँ Home मा क्लिक गरेपछि पुरानो युजर इन्टरफेस देखा पर्नेछ ।

नयाँ इन्टरफेसमा भएका परिवर्तन

ट्वीटरले हालै आफ्नो डिजाइनमा परिवर्तन गरेको छ र भनेको छ कि नयाँ लुक्स तेज हुनुका साथै नेभिगेट गर्नमा समेत सजिलो छ ।

नयाँ संस्करणमा डाइरेक्ट मेसेज सेक्सनलाई पनि विस्तार गरिएको छ र त्यसमा साइड नेभिगेसनबाटै प्रयोगकर्ताले सजिलैसँग एकभन्दा बढि अकाउन्टमा स्विच गर्न सक्दछन् ।

यसका अलावा नयाँ इन्टरफेसमा प्रयोगकर्ताले डिम र लाइट आउट थिम प्रयोग गर्न सक्दछन् । नयाँ डिजाइनमा Home, Explorer, Notification तथा मेसेज जस्ता अप्सनहरु डेस्कटपको बायाँतर्फ रहेका छन् भने ट्रेन्डिङ्ग सेक्सन दायाँतर्फ सारिएको छ । Home, Explorer, Notification ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment