Comments Add Comment

प्रचारको स्टाइल भन्दै प्रियंकालाई ‘हजार जुनी सम्म’को ट्रेलरमा पनि स्थान दिइएन

चलचित्र ‘हजार जुनी सम्म’को पोष्टरमा समेत नअटाएकी नायिका प्रियंका कार्कीलाई यसको निर्माणपक्षले ट्रेलरमा पनि स्थान दिएन । यतिसम्मकी, चलचित्रको कार्यक्रममा समेत प्रियंकालाई निम्तो गरिएको थिएन । निर्देशक विकासराज आचार्यको समुहमा राम्रैसँग अटाएकी प्रियंकालाई अहिले किन यसरी वेवास्था गरिदैछ ? यस बिषयमा चलचित्रका लेखक सामिप्यराज तिमिल्सिना भन्छन्–‘यो हाम्रो प्रचारकै तरिका हो । प्रियंकालाई किन प्रचारमा ल्याइएन भन्ने कुरा चलचित्र चलेपछि थाहा हुन्छ ।’

तर, यसको निर्माणपक्षले स्पष्ट कारण भने भन्न सकेको छैन । प्रियंकाको गिर्दो स्टारडम नै उनलाई पोष्टर र ट्रेलरमा स्थान नदिनुको मुख्य कारण हो । चलचित्रमा उनी मुख्य भूमिकामा छिन् । उनी र नायक आर्यन सिग्देलको २ वटा गीत समेत चलचित्रमा समावेश छ । तर, चलचित्रको ट्रेलरमा उनको अनुहार लुकाइएको छ बरु गीतको भिडियोमा नायिका स्वस्तिमा खड्काको क्लोज सर्ट देखाएर दर्शकलाई नै कन्फ्यूज बनाउने काम गरिएको छ ।

नायिका कार्कीले पछिल्लो समयमा केही चलचित्र साइन त गरेकी छिन् । तर, उनको जुन खालको क्रेज चलचित्र क्षेत्रमा थियो त्यो अहिले धेरै हदसम्म सकिएको छ । यसैले पनि उनलाई चलचित्रको ट्रेलरमा समेत लामो सर्टमा मात्र देखाउन निर्माणपक्षले आवश्यक ठानेको छ । साउनको ३० गतेबाट रिलिज हुने चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेष प्रधान, सलोन बस्नेत, संचिता लुइटेल, शिवहरि पौडेल मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment