Comments Add Comment

१० करोडको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

१३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल मंगलबार जारी गर्ने भएको छ । सोमबार बोलकबोलमा सहभागी भएकाहरुलाई मंगलबार उक्त परिमाणको ट्रेजरी राष्ट्र बैंकले जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले ९१ दिनका लागि १० करोडको ट्रेजरी बिल जारी हुने बताएको छ । ९१ दिने ट्रेजरी आगामी कात्तिक १२ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा रहेको छैन । यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment