Comments Add Comment

हाँसपोखरीबासीको मन हाँस्यो

१४ साउन, पोखरा । खानेपानीको अभावले हाँसपोखरीबासीको चैन हराएको थियो । गाउँमा अन्य सुविधा पुगे पनि खानेपानीकै समस्याले उनीहरुलाई पिरोल्थ्यो ।

अब हाँसपोखरीबासी खुसी छन् । घरघरै चिटिक्कको धाराबाट खानेपानी झर्दा उनीहरुको मन खुस छ । कास्कीको रुपा गाउँपालिका–७ हंसपुरस्थित हाँसपोखरीका ८८ घरपरिवारलाई लिफ्टिङ प्रविधिबाट खानेपानीको सुविधा दिइएको हो ।

खानेपानीको समस्याले पिल्सिएका हाँसपोखरीबासीको दुख दूर गराउने काम ग¥यो, युनिका फाउन्डेसन नेदरल्यान्ड्सले । फाउन्डेसनले १ करोड १७ लाख ५५ हजार रुपैयाँ छुट्यायो । स्थानीयले जुटाए ४० लाख । त्यसमा रुपा गाउँपालिकाले ६ लाख दिनुका साथै आयोजना सम्पन्न गर्न वातावरण बनायो । नेपाल रेडक्रस सोसाइटीले ३ लाख रुपैयाँ सहयोग गर्‍यो । यसरी गाउँमा खानेपानी आयोजना सम्पन्न भयो अनि हाँसपोखरीवासीको मुहारमा खुसी छायो ।

१ करोड ६६ लाख रुपैयाँमा सम्पन्न भएको खानेपानी आयोजनाबाट ८८ घरले पानी सुविधा पाएका छन् ।

खानेपानी आयोजनाको उद्घाटन गर्दै रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले भने, ‘अबको ३ महिनाभित्रै सिंगो रुपावासीले घरघरमा खानेपानीको सुविधा पाउने छन् ।’

किनकी रुपा गाउँपालिकाले खानेपानीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन ग¥यो । गण्डकी प्रदेश सरकारले पनि २ वर्षभित्र प्रदेशवासीलाई खानेपानीको आधारभूत सुविधा दिने भनेको छ ।

रुपा गाउँपालिकाले सबै ठाउँमा खानेपानी सुविधा पु¥याउन काम भइरहेको ओझाले बताए । हाँसपोखरीवासीजस्तै रुपाको रइकरवेशी, जुकेपानी, नेपालपाखा, टाकान्जा, माउडाँडा, पोखरेल डिही, भारपोला पितौली खानेपानी आयोजनाबाट स्थानीयले खानेपानीको सुविधा लिइरहेका छन् । गत आर्थिक वर्षमामात्रै रुपा गाउँपालिकामा ३६ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् ।

रुपा गाउँपालिकाले मात्रै ५ करोड रुपैयाँ खानेपानीका लागि विनियोजन गरेको थियो । रेडक्रस, युनिका, रोटरी लगायतका दातासँगको साझेदारी, प्रदेश सरकार र संघीय सरकारको करिब १० करोड रुपैयाँको लगानीमा खानेपानी आयोजनाहरु निर्माण भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment