+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
१०८ बलमा १२९ रन आवश्यक
विराटनगर किंग्स 2025
19/0 (1.6)
Shares

मुग्लिनमा ‘आर्क ब्रिज’ सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १५ गते १५:१४

१५ साउन, काठमाडौं । मुग्लिनमा त्रिशुली नदीमाथि बनाइएको नयाँ पुल मंगलबारबाट सञ्चालनमा आएको छ । सडक विभागका अधिकारीहरुले यसलाई नेपालकै सबैभन्दा पहिलो दुई लेनको र लामो ‘आर्क ब्रिज’ भनेका छन् ।

नेपालले आफ्नै लगानी, प्रविधि र दक्षता प्रयोग गरी यो आर्क ब्रिज निर्माण गरेको हो । सडक विभागको पुल महाशाखाका अनुसार २ वर्षअघि नै बनिसक्नुपर्ने पुल ढिला गरी निर्माण सकिएर सञ्चालनमा ल्याइएको छ । नयाँ प्रविधिमा नेपाली ठेकेदारले नै काम गरेकोले यो पुल बनाउँदा ढिलाई भएर तीनपटक म्याद थप गर्नुपरेको थियो ।

मुग्लिनमा बनेको १६० मिटर लामो यो पुल राजमार्गमा बनेको पहिलो डबल लेनको आर्क ब्रिज हो । निर्माणमा केही ढिलाई भए पनि नेपालले यो पुलबाट पर्याप्त अनुभव हासिल गरेको सडक विभागको पुल सेक्टर नम्बर २ का प्रमुख अंगलाल रोकाय बताउँछन् ।

‘यसको अनुभव पछिलाई काम लाग्छ,’ उनले भने, ‘४ वर्षभन्दा बढी समय लगाएर बनेको पुल निकै बलियो छ । यसले मुग्लिनको पुरानो पुलमा उत्पन्न जोखिम पनि पार लगाएको छ ।’

यो पुलको निर्माण इलाइट एड्भेन्चर लोहनी जेभीले गरको हो । यो नेपाली ठेकेदार कम्पनी नै हो । डिजाइन एन्ट मल्टि मोडलमा बनेको पुलको डिजाइन पनि नेपाली ठेकेदारले नै गरेका हुन् । यो पुलमा १२० मिटरको आर्क छ ।

आर्क ब्रिजको बीच भागमा पिल्लर राखिँदैन । पुलमा पर्ने भार आर्कले नै थेग्छ । पिल्लरको सट्टा पुलको दुईतर्फ अड्याउन प्रयोग हुने ‘अब्यटमेन्ट’ को क्षमता बढाइन्छ । पिल्लर नहुने भएकाले यस्ता पुलहरु नदीमा बाढी आउँदा भासिने लगायतका समस्या हुँदैन ।

करिब १२ करोड खर्चिएर मुग्लिनमा वैकल्पिक पुल तयार भएको विभागले जनाएको छ । केही वर्षअघि मुग्लिनको त्रिशुली नदीको माथिको पुलमा गम्भीर समस्या देखिएको थियो । पुलको पाताहरु फुस्किन थालेपछि नयाँ पुल बनाउने योजना विभागले अघि सारेको थियो ।

मंगलबार खुला भएपछि पृथ्वी राजमार्ग भएर चल्ने सबै गाडीले नयाँ पुलको प्रयोग गरिरहेका छन् । अबको दशैंपछि पुरानो पुललाई पनि मर्मत गरेर सञ्चालनका लागि योग्य बनाइने सेक्टर प्रमुख रोकायले बताए ।

‘पोखराबाट आएका गाडीलाई नयाँ र मुग्लनबाट पारी पोखरातर्फ जाने गाडीलाई पुरानो पुल प्रयोग गराउने योजना छ,’ रोकायले भने, ‘समस्या देखिए पनि त्यसलाई हल गरेर चलाउँदा अझै २० वर्षजति पुरानो पुलमा सवारी गुड्न सक्छ ।’

तत्कालै पुरानो पुलको मर्मत पनि अघि बढाउने विभागले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?