Comments Add Comment

इँटाभट्टाको खाल्डोमा डुब्दा दाजु बहिनीको मृत्यु

१५ साउन, रौतहट । खाल्डोमा जमेको पानीमा डुब्दा रौतहटमा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका ९ डुमरियामामा इँटा उद्योगले बनाएको खाल्डोमा जमेको पानीमा स्थानीय ११ बर्षका अनिश साह र ८ बर्षकी कल्पना साहको मृत्यु भएको हो ।

रौतहटका प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीका अनुसार उनीहरु दाजुबहिनी हुन् । सर्लाहीको हरिपुर नगरपालिका ४ का सञ्जय साहका छोराछोरीको डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । ईट्टा उद्योगले बनाएको खाल्डोमा जमेको पानीमा खेल्न गएका दाजु बहिनीको डुबेर मृत्यु भएको हो । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानएको छ ।

मृतकको शब पोष्टमार्टमको लागि चन्द्रनिगाहपर अस्पतालमा राखिएको छ । यसअघि पनि चन्द्रपुर नगरपालिका ६ बेल्डीका ८ बर्षका विराज पहरीको नहरको पानीमा डुबेर मृत्य भएको थियो भने देवाही गोनाही ५ नगरपालिकाको लालबकैया नदी भन्दा उतर पूर्व तिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षिया निरुता कुमारी र पिन्की कुमारीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले पानी जमेका खाल्डा खुल्डीमा बालबालिकालाई नपठाउन र पौडी खेल्न नदिन तथा निगरानीमा राख्न अभिभावकसंग आग्रह गरेको छ । घर बाहिरका खाडल, पोखरी तथा नदीहरुमा पानीको मात्रा बढी रहेकोले आफ्ना बालबालिकालाई निगरानीमा राख्न र विशेष ध्यान दिन समेत आग्रह गरिएको डीएसपी कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment