+
+
Shares

थापाथली शोरुममा टाटा मोटर्सको ‘कार्निभल’

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १६ गते २१:०६

१७ साउन, काठमाडौं ।  टाटा मोटर्सले हरेक वर्ष मनाउँदै आएको कार मेलालाई यस वर्ष परिमार्जित गरी टाटा मोटर्स कार्निभल नामबाट आयोजना गरेको छ। बिहीबार ११ बजे देखि बेलुका ७ बजेसम्म टाटा मोटर्सको शोरुम थापाथलीमा कार्निभल गरिएको हो।

टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले यसअघि छैटौं संस्करणसम्म टाटा कार मेलाको आयोजना गर्दे आएको थियो। टाटा मोटर्स कार्निभल नेपालमा आयोजना हुने मेलामध्येको ठूलो रहेको कम्पनीको दावी छ।

वार्षिक रुपमा यस्ता मेला आयोजना हुँदा सर्वसाधारणलाई गाडीका बारेमा जानकारी लिन सहज हुने कम्पनीको भनाई छ। हेर्न र किन्नका लागि यस्ता मेलाको ग्राहकमा बिशेष प्रतिक्षा रहने गरेको छ। यस्तो बेला कम्पनीले विभिन्न अफरहरु र विशेष छुट समेत प्रदान गर्ने गरेका छन्।

कार्निभलमा पनि टाटाको प्यासेन्जर गाडिहरुमा पनि ३ लाख सम्मको छुट, विभिन्न आर्कषक उपहार, लक्की ड्र, १ लाखसम्मको एक्सेन्ज बोनस, टेष्ट ड्राईभ, संगित, मनोरञ्जन र विभिन्न खानाका परिकारहरु समेत अफरका रुपमा राखिएको छ।

यो कार्यक्रमले सुस्ताएको अटोमोबाइल बजारलाई उठाउन टेवा पुग्ने टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताए।

यस टाटा मोटर्स कार्निभलबाट बजारमा रहेकोभन्दा आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकलाई पूर्ण रुपमा सन्तुष्टी र लाभ प्रदान गरिने सिप्रदी ट्रेडिङ्गका सिइओ राजनबाबु श्रेष्ठले बताए।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?