Comments Add Comment

अनाथालयलाई नगरपालिकाले दियो साढे २ लाख सहयोग

१७ साउन, रौतहट । रौतहटको गरुडामा रहेको वंशीराम जयसवाल अनाथालयको आर्थिक अवस्था सुधार गर्न परोहा नगरपालिकाले दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेको छ ।

गरुडा नगरपालिका ४ मा रहेको यस अनाथालयमा ३० जना बालबालिका कष्टकर जीवन बाँचिरहेका छन् ।

प्लान इन्टरनेशनल तथा जिल्लामा रहेका स्थानीय तहको सहयोगमा निर्मित यो अनाथालयले स्थापनाकालदेखि अभिभाावकविहीन बालबालिकाको लागि निशुल्क भोजन, आवास तथा शिक्षा दिदै आएको छ ।

पहिले विभिन्न सरकारी निकाय बाट सहयोग आए पनि केही वर्षदेखि सहयोग नपाएकोले अनाथालयको अवस्था कमजोर हुँदै गएको हो । भवन भत्किन थालेको तथा छानाहरु फुटेकोले वर्षायाममा बालबालिकाहरुको लागि समय निकै कष्टकर बनेको छ ।

अनाथालमा रहको बालबालिकाको भरण पोषणका लागि अनाथालयले स्थापना गर्न लागेको अक्षय कोषका लागि परोहा नगरपालिकाका मेयर शेख वकिलले दुई लाख पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । अनाथालयका बालबालिकाको कारुणिक अवस्थालाई देख्दा आफूलाई दुख लागेकाले नगरपालिकाका तर्फबाट सो रकम सहयोग गरेको मेयर वकिलले बताए ।

अनाथालयमा बालबालिकाको कुरा सुनेर भावुक भएका उनले चालु आर्थिक वर्षमा पनि थप दुई लाख पचास हजार सहयोग गर्ने प्रतिवद्धता जनाए । रौतहटमा रहेको एक मात्र यस अनाथालयलाई जिल्लामा रहेका १८ वटा स्थानीय तहले केही रकममात्रै सहयोग गर्दा टुहुरा बालबालिकाकाले राहत महसुस गर्ने अनाथालयका संस्थापक वंशीराम जयसवालले बताए ।

बास बस्न मात्र होइन, छाक टार्ने भोजनका लागि पनि दाताको मुख ताक्नुपर्ने बाध्यता रहेको यस अनाथालयलाई रौतहटका स्थानीय तहहरुले मात्रै पनि सहयोग गरी दिए अनाथहरुको कल्याण हुने सञ्चालक जयसवाल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment