Comments Add Comment

अस्पताल सरकारी, चिकित्सक गैरसरकारी

१८ साउन, डोटी । जिल्ला अस्पताल डोटीमा दशौं तहको एक मेडिकल सुपरिटेण्डेण्टसहित चार जना चिकित्सकको दरवन्दी छ ।

तर आठौं तहका एक जना चिकित्सक मात्रै कार्यरत छन् । ‘एक जना मेसुसहित दशौं र नवौं तहका दुईजनाको दरवन्दी त छ तर, पदपुर्ति कहिल्यै भएको छैन’ डा. भुषण मिश्रले भने ।

उनको पनि स्थानीय तहमा समायोजन भएको छ । चिठ्ठी आएपछि मैले पनि जानु पर्छ होला । त्यसपछि के हुने हो थाह छैन’ डा. मिश्रले भने ।

समायोजनमा प्रदेशमा जम्मा दुई जना चिकित्सक परेका छन् ।  जिल्ला अस्पतालहरु प्रदेशको मातहतमा छन् ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका अस्पतालमा दुई जना चिकित्सकले कसरी सेवा दिने थाहा छैन ।

जिल्ला अस्पतालमा सरकारी चिकित्सक अभाव भएको यो पहिलो पटक भने होइन । २०६९ सालदेखि डोटी अस्पतालमा गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा चलिरहेको छ ।

अस्पताल व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जनादर्शन जोशीको पहलमा निक साइमन्स इन्टरनेशनल नामक गैरसरकारी संस्थाले दुई जना चिकित्सक पठाएको थियो ।

सेवा सुविधाहरु निक साइमन्सले नै व्यहोर्ने गरी एमडिजिपी डा. गिरीश अवस्थी र एमबीबीएस डा. खुसिद आलम खान कार्यरत छन् । निक साईमन्सले खटाएका एमडिजिपीकै भरमा जिल्ला अस्पतालमा जटिल प्रसुति सेवा लगायतका शल्यक्रिया सेवा उपलव्ध गराइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment