Comments Add Comment

पैसाका लागि अपहरणको नाटक गर्ने पक्राउ

१८ साउन, वीरगञ्ज । पर्सा प्रहरीले पैसाका लागि आफ्नै अपहरणको नाटक गर्ने एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगंज महानगरपालिका १६ ईनर्वाका ३१ वर्षीय अरमान भन्ने महम्मद तवरेज आलम (ठकुराई)लाई पक्राउ गरेको हो । १३ साउनमा घरबाट निस्किएका उनले भोलिपल्ट दिदी लाई फोन गरेर

आफू अपहरणमा परेको र पैसा नदिए ज्यान मार्ने धम्की दिएको जानकारी गराएका थिए । उनले ८ लाख फिरौती मागेको भन्दै रकम मागेका थिए ।

उनले भरतपुर तथा भैरहवा लगायतका क्षेत्रमा बसेर नाटकीय अपहरणको बहानामा दिदिलाई फोन गरि घर परिवारबाट रकम मागेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले व्यवसाय डुबेपछि आफन्तबाटै रकम असुल्न अपहरणको नाटक गरेको पाइएको बताए । ‘दिदी भिनाजुको अवस्था राम्रो थियो । त्यसैले  पैसाका लागि आफू अपहरणमा परेको नाटक गरेको रहेछ, उनले भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment