Comments Add Comment

स्वस्तिमा–निश्चलको पहिलो भेटः ‘एउटा स्टाटसले जोडिदिएको सम्बन्ध’

निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का बैबाहिक जीवनमा बाँधिएको केही बर्ष भयो । उनीहरुले २०७२ सालको फागुनमा बिबाह गरेका थिए । उनीहरुले प्रेम पछिको मागी बिबाह गरेका थिए ।

स्वस्तिमा र निश्चलको भेट बिबाह हुनुभन्दा ५ महिना अगाडि मात्र भएको थियो । त्यो भन्दा पहिला उनीहरु फेसबुकमा साथी थिए । हाई, हल्लो, बधाई र टेक केयर बाहेक केही कुराकानी भएको थिएन । तर, मध्यरातमा निश्चलले फेसबुकमा अपलोड गरेको एउटा तस्वीरले उनीहरुलाई प्रेममा पारिदियो ।

रातीको १२ बजेको थियो । निश्चलले फेसबुकमा एउटा स्टाटस लेखे । । निन्द्रा नलागेर फेसबुकमा भुलिरहेकी स्वस्तिमाले उक्त स्टाटस ‘लाइक’ गरिन् । स्टाटस लाइक गर्ने बित्तिकै निश्चलको म्यासेज आयो, ‘के हो सुत्न पर्दैन ?’ स्वस्तिमा भन्छिन्–‘राती भएको भएर होला, लाइक गरेको पनि थाहा भइहाल्छ । त्यसैले उहाँले म्यासेज गर्नुभएको थियो ।’

सोही रात उनीहरुको कुराकानी निकै लामो समयसम्म भयो । झण्डै साढे १२ बजेबाट सुरु भएको उनीहरुको कुराकानी बिहान ५ बजेसम्म चल्यो । स्वस्तिमा भन्छिन्–‘खासै त्यस्तो गम्भिर कुरा केही भएको थिएन । आफ्नो करिअरको विषयमा मात्र कुरा भएको थियो ।’

त्यसपछि उनीहरु लामो समयसम्म फेसबुकमा बोल्न थाले । एकदिन स्वस्तिमासँग निश्चलले फोन नम्बर मागे । स्वस्तिमाले पनि कुनै संकोच नमानी नम्बर दिइन् । निश्चलले फोन गरे । निश्चलले सामान्य कुराकानी गर्न भन्दा पनि स्वस्तिमालाई चलचित्रको अफर गर्न गरेका रहेछन् । स्वस्तिमा सम्झिन्छिन्–‘निश्चलले पहिलो पटक फोन गर्दा मलाई ‘कबड्डी कबड्डी’मा एउटा सानो रोल भएको भन्दै अफर गर्नुभएको थियो । तर, मेरो ‘होस्टेल रिटन्र्स’ नै रिलिज नभएकाले मैले गर्न मानिनँ ।’

त्यसको केही दिनमा निश्चलले स्वस्तिमालाई म्यासेज गरे–‘ओ, मलाई पिज्जा खुवाउन लैजाउन ।’ स्वस्तिमाले उक्त प्रस्तावलाई सहजै स्विकारिन् । ‘मलाई उहाँ राम्रो लाग्थ्यो त्यसैले पनि होला मैले एकै पटकमा ल भने’, स्वस्तिमाले भनिन् । बिशालनगर बस्ने निश्चल स्वस्तिमालाई लिन तिनकुनेसम्म आउने पक्का भयो ।

भेट्न जान तयार हुँदै गर्दा स्वस्तिमालाई मनमा नराम्रो लाग्यो । आफूले पहिलो पटकमा मै हुन्छ भनेको भन्दै उनले नराम्रो महशुश गरिन् । तर, मनको कुरालाई जितेर नै उनी निश्चलसँग पिज्जा खान गइन् ।

उनीहरु पिज्जा खानको लागि नक्सालको रोड हाउस पुगे । त्यहाँ पुगेर उनीहरुको खासै याद हुने कुराकानी भएन । त्यो पललाई सम्झिदै स्वस्तिमा भन्छिन्–‘मलाई कबड्डी कबड्डीमा काम गरेको भए हुन्थ्यो भन्नुभएको थियो । अरु खासै संझनलायक कुरा भएन ।’

पिज्जा खाएर निश्चलले स्वस्तिमालाई घरसम्म छाडिदिए । निश्चल घर पुग्ने बित्तिकै उनीहरुको फेसबुकमा कुराकानी हुन थाल्यो । तर, त्यो बेलासम्म पनि उनीहरुले एक–अर्कालाई प्रेमको प्रस्ताव राख्न सकेका थिएनन् ।

यसपछि भने उनीहरुको दैनिकजसो भेटघाट हुन थाल्यो । स्वस्तिमा भन्छिन्–‘अब भने हामी दुबै जनालाई महशुश भइसकेको थियो कि, हामी एक–अर्कालाई माया गर्छौ । त्यसैले होला हामी भेटेको केही दिनमा नै प्रेममा थियौं । तर, एक अर्कालाई प्रपोज भने गरेनौ ।’

स्वस्तिमाले निश्चलसँग निर्देशक भएको कारण भन्दा पनि राम्रो व्यक्ति लागेर प्रेम गरेकी थिइन् । निश्चलसँग भेट नहुँदा पनि स्वस्तिमाका उनी ‘क्रस’ थिए । रिलेशनमा भएको पाँच महिनामा उनीहरुले मागी बिबाह गरे । उनीहरुले खुसी–खुसी बिबाह गरेका थिए । बिबाहको समयमा उनीहरुलाई ‘राष्ट्रिय दाजु–भाउजु’को ट्याग पनि दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment