
१९ साउन, काठमाडौं । नेकपा विप्लव समूहमा संकट सुरु भएको र त्यो स्वभाविक भएको सरकारका प्रवक्ताले बताएका छन् ।
विप्लव समूहले हालै मात्र स्थायी कमिटी भंग गर्दै केही नेतालाई घटुवा गरेको थियो ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘अहिले सुनिएको छ, कार्यसमिति भंग गर्नुभयो रे । त्यहीँ संकट पैदा भइसक्यो, त्यो स्वभाविक थियो ।’
‘गलत बाटो हिँड्दा आधा बाटो पुग्दा जो ब्यूँझन्छ, उसले भीरको बाटो हिँड्न मान्दैन । निद्रामा दौडाइरहेको छ भने क्रान्तिको रुमानी सपनामा अल्झनसक्छ तर जब ब्यूँझन्छ, यो प्रतिक्रान्तिको बाटो हो भन्ने बुझ्छ र फर्किन्छ ।’
उनले वार्ताको ढोका सँधै खुला भएको बताए । यद्यपि दाउपेचका निम्ति बार्ता नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4