काठमाडौं । एभर्टनले युभेन्टसका १९ वर्षीय स्ट्राइकर मोइस किनलाई अबुन्धन गरेको छ ।
१० वर्षको उमेरमा युभेन्टसमा आवद्ध भएका उनले २१ खेलमा ८ गोल गरेका छन् । यस्तै इटलीका लागि तीन खेल खेलेका उनले दुई गोल गरेका छन् ।
इंग्लिस क्लबसँग ५ वर्षे सम्झौता गरेका किनले भने, ‘एभर्टनको टिसर्ट लगाउन पाउँदा गौरव महसुस भएको छ । म टिमका लागि आफ्नो तर्फबाट सक्दो गर्नेछु ।’
क्लबका प्रशिक्षक मार्को सिल्भाले पनि उनको आगमनले टिममा सुधार आउने बताएका छन् ।
एभर्टनले शुक्रबार मात्र मिडफिल्डर जन फिलिप गेमिनलाई अनुबन्ध गरेको थियो ।
 
                    










 २०७६ साउन  १९ गते १७:४१
                        २०७६ साउन  १९ गते १७:४१                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4