+
+

कांग्रेस र राजपाले संसदीय समिति गठनको माग छाडे, सदनको अवरोध हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते १३:३०

२० साउन, काठमाडौं । विपक्षी नेपाली कांग्रेस र राजपा सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठनको माग स्थगित गर्दै सदनको अवरोध हटाउन सहमत भएका छन् ।

सोमबार बसेको सर्वदलीय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति भएको छ । त्यस्तै फेरि यस्तो गतिरोध नहोस् भनेर सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने पनि सहमति भएको छ ।

यो विशेष समितिको संयोजक पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ रहनेछन् ।

यो सहमतिसँगै संसदीय छानविन समिति गठनको माग छाडेको हो भन्ने प्रश्नमा राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले भने, ‘यसबारे के गर्ने भन्ने अब यो समितिमा नै छलफल हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?