+
+
Shares

गोरखामा चामलमा अखाद्य पदार्थ भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते १५:५५

२० साउन, गोरखा । गोरखा नगरपालिका–७ नयाँबजारमा चामलमा अखाद्य पदार्थ भेटिएको छ । जनमुखी सहकारी संस्थाद्वारा सञ्चालित सुपथ मूल्य पसलबाट स्थानीय कृष्ण श्रेष्ठले किनेको चामलमा अखाद्य पदार्थ भेटिएको स्थानीय प्रशासनले जनाएको छ ।

भारतको रिपुराम एग्रो प्रालिद्वारा उत्पादिन सोनाशक्ति नामको चामल पकाएर डल्लो पार्दा प्लास्टिकको भकुण्डो झैं उफ्रिएको श्रेष्ठले बताए ।

‘तीन दिन भयो चामल किनेर लगेको, चामल हेर्दैमा शंका लागेको थियो,’ गोरखा नगरपालिका–७ धारापानीका श्रेष्ठले भने, ‘तीन दिन त खाइयो तर आज खान खोज्दा शंका लाग्यो, डल्लो बनाएर उफारेको प्लाष्टिकको बल जस्तै उफ्रियो ।’

प्लाष्टिकको चामल भन्दै उनी पकाएको भात र बोराको बाकी चामल बोकेर पसलमा पुगे । प्लाष्टिकको चामल भेटिएको हल्ला भएपछि जिल्ला अनुगमन समितिले सोमबार पसलको अनुगमन गरेको हो ।

उक्त चामल नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली पठाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । परीक्षणको नतिजा नआएसम्म उक्त नामको चामल बिक्री वितरण नगर्न अनुगमन समितिले बिक्रेतालाई निर्देशन समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?