Comments Add Comment

नारायण रायमाझीले ल्याए बुहारीको पिडा झल्काउने मार्मिक तीज गीत

दिनहुँ यूट्यूवमा नयाँ–नयाँ तिजगीत सार्वजनिक भइरहँदा लोकगायक तथा निर्देशक नारायण रायमाझीले मार्मिक तिजगीत सार्वजनिक गरेका छन् । ‘हे मेरी आमा’ बोलको गीतमा देवी घर्तीको स्वर रहेको छ ।

परदेशीएका श्रीमान, रोगी सासु–ससुरा अनि घर व्यवहारको जिम्मेवारीले थिचिएकी एक बुहारीले तिजमा माइत जान नपाउँदाको पीडालाई गीतले व्यक्त गरेको छ । गीतका शब्दहरु रमेश बिजीले कोरेका हुन् । लय संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ ।

गीतको म्युजिक भिडियो हेर्दा पनि दर्शकको आँखा रसाउँछ । करिब ११ मिनेटको भिडियो भित्र गीतको भावअनुकुल संवादहरु पनि राखिएका छन् । मुख्य भूमिकामा अनुष्का अधिकारीको अभिनय उत्कृष्ट छ । अन्य कलाकारहरुमा अनुष्का अधिकारी, हिमाला गौतम, रमेश के.सी. मट्टारे, अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी लगायत छन् ।

भिडियोको निर्देशन रायमाझी स्वयम्ले गरेका हुन् । एरेन्ज बिबि अनुरागीको रहेको छ भने छायांकन र सम्पादनर कलर मिराज अर्यालले गरेका छन् ।

रिमा इन्टरटेन्टमेन्ट नेपालको यूट्यूव च्यानलमा गीत सार्वजनिक भएको हो । गीतलाई दुई दिनभित्र करिब दुई लाख भ्यूज पाइसकेको छ । दर्शकहरुले निकै राम्रो प्रतिक्रिया पनि दिएका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment