Comments Add Comment

पहिलो एसेज टेष्टमा अष्ट्रेलियाको शानदार जित

२० साउन, काठमाडौं । अष्ट्रेलियाले पहिलो एसेज टेष्टमा २५१ रनको शानदार जित हात पारेको छ ।

३९८ रनको लक्ष्य पछ्याएको इंंग्ल्याण्ड मात्र १४६ रनमा अलआउट भयो । विना विकेटको क्षतिमा बनाएको १३ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल थालेको इंग्ल्याण्डको पारी नाथन लायन र पेट कुमिन्सले ध्वस्त पारे ।

१९ रन हुँदा पहिलो विकेट गुमाएको इंग्ल्याण्डका कुनै पनि ब्याट्सम्यानले ठूलो पारी खेल्न सकेनन् । जेसन रोए र जोए रुटले दोस्रो विकेटका लागि ४१ रनको साझेदारी गरे । दुबै समान २८ रनमा आउट भए ।

क्रिस बोक्सले ३७ रन बनाए ।

इंग्ल्याण्डलाई सस्तैमा आउट गर्ने क्रममा लायनले ४९ रन खर्चिएर ६ विकेट हात पारे भने कुमिन्सले ३२ रन दिएर ४ विकेट हात पारे ।

स्टिभ स्मिथको शतकसँगै अष्ट्रेलियाले पहिलो पारीमा २८४ रन बनाएको थियो भने दोस्रोमा ४८७ । इंग्ल्याण्डले भने पहिलो पारीमा ३७४ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment