+
+

कृषि विकास बैंकको ऐतिहासिक फड्को, एक वर्षमा कमायो ४ अर्ब ३५ करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते १०:२९

२१ साउन, काठमाडौं । कृषि विकास बैंकले एक वर्षमा चार अर्ब ३५ करोड ३२ लाख रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैयमासको वित्तीय विवरण सार्वजनिक गर्दै चार अर्ब ३५ करोड ३२ लाख रुपैयाँ खुद मूनाफा आर्जन गरेको बताएको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष १९.१७ प्रतिशतले मूनाफा बढाएको हो । अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको थियो ।

यसैगरी बैंकले ३ अर्ब ३१ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । वितरणयोग्य नाफा अल्लिो आर्थिक वर्षको तुलनामा ७.८२ प्रतिशतले बढेको हो ।

यो बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड रुपैयाँ माथि रहेको छ । नेपाल सरकारको सबैभन्दा धेरै लगानी रहेको कृषि विकास बेंकले कृषि क्षेत्रमा केन्द्रित भएर बढी लगानी गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?