+

सुत्केरी भएको कति समयपछि यौन सम्पर्क राख्नु उचित ?

२०७६ साउन  २१ गते ११:५३ २०७६ साउन २१ गते ११:५३
सुत्केरी भएको कति समयपछि यौन सम्पर्क राख्नु उचित ?

एउटी महिला तब मात्र पूर्ण हुन्छिन्, जब उनी आमा बन्छिन् । अनेक दुःख कष्ट सहेर उनले परिवारलाई पूर्ण हुने खुशी पनि प्रदान गर्छिन् । भनिन्छ, आमा बनेपछि महिलाको शरीर स्वस्थ दुवै पहिले जस्तो हुँदैन । उनमा पहिलाको जस्तो यौन इच्छा पनि रहँदैन । तर, संसारभरी गरिएको अध्ययनले के बताउँछ भने आमा बनेको केही समयपछि महिलामा कामेच्छा स्वाभाविक रुप बढ्न थाल्छ । तर आमा बने पछि आफ्नो यौन जीवन बिग्रेको धेरै महिलाहरु बतायँछन् ।

कसै-कसैले त बच्चा जन्मेको एक वर्ष भैसक्दा समेत यौन सम्पर्क गर्दैनन् । श्रीमान्-श्रीमती मात्र हुँदा हरेक समय यौन सम्पर्ककोलागि सहज वातावरण हुने भए  पनि बच्चाका कारण यौन सम्पर्कका लागि समय मिलाउनु पर्ने भएकाले पनि त्यस्तो असहज परिस्थिति सिर्जना हुन्छ ।

आमा बनेपछि विभिन्न कारणले गर्दा महिलामा यौन चाहाना कम हुन्छ तर बच्चा जन्मिएकै कारण एउटा दम्पत्तिको यौन जीवनमा पुर्ण विराम भने लाग्दैन ।

के भन्छिन् स्त्री रोग विशेषज्ञ ?

टेकु, काठमाडौंस्थित राष्ट्रिय जन स्वास्थ प्रयोगशालाकी प्रमुख कन्सलट्यान्ट प्याथोलोजिष्ट तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. मुकुन्दा शर्माका अनुसार सामान्यतया बच्चा जन्मेको ४५ दिनपछि नै महिलाहरु यौन सम्पर्कका लागि तयार हुन सक्छन् । प्रायः हार्मोन व्यालेन्समा आएपछि महिलाहरुमा यौन इच्छा बढ्न थाल्ने पनि डा.शर्मा बताउनु हुन्छ । तर प्रायः महिलाहरु यो समयमा यौनसम्पर्क गर्न सहज महसुस गर्दैनन् । कति महिलाहरुलाई त बच्चा जन्मेको एक वर्षपछि मात्र यौन इच्छा उत्पन्न हुन्छ ।

आमा बनेपछि यौनसम्पर्कको लागि समय निकाल्न गाह्रो हुनु स्वभाविक नै हो । यो समयमा एउटी आमालाई आफ्ना सन्तानको हेरचाह बढि महत्वपूर्ण हुन्छ । त्यसैले यौन सम्पर्कप्रति रुची बढाउनका लागि प्रारम्भमा चुम्बन, प्रगाढ आलिङ्न जस्ता क्रियाकलापहरु गर्नु पर्छ ।

आमा बनेपछि महिलाको शरीर पहिला भन्दा फरक हुन्छ । आमा बनेपछि शरीर पहिले भन्दा मोटो हुनु स्वभाविक नै हुन्छ । यस्ता स्थितिमा आफ्नोशरीरप्रति चिन्ता गर्नु हुँदैन । यसले तपाईको यौन इच्छालाई घटाउने काम गर्छ । समय बित्दै जाँदा तपाईको शरीर आफ्नो आकारमा आउन थाल्छ । आफ्नो शरीर बच्चाको जन्मेसंगै परिवर्तन भएको कुरालाई स्वीकार गर्नु पर्छ, यसले तपाईको आत्मविश्वास बढ्छ ।

डा.मुकुन्दा शर्मा अनुसार महिलाले सुत्केरी समयमा आफ्नो लागि पनि केहि समय निकाल्नु पर्छ । यसको साथै धेरै भन्दा धेरै समय आराम गर्ने र कार्बोहाइड्रेट भएको र धेरै चिल्लो खानाहरु खानु हुँदैन । यसो गर्दा अनावश्यक तौल बढ्दैन र आफ्नो शरीर भद्दा पनि हुन पाउँदैन ।

त्यस्तै शरीरका गोप्य अंगहरुलाई सामान्य अवश्थामा ल्याउनका लागि पेरिमेल एक्ससाइज गर्नु उपयुक्त हुन्छ । आमा बनेको ४५ दिनबाट यो एक्ससाइज गर्न सकिने डा.शर्मा बताउनु हुन्छ ।  त्यसबाहेक बिहान केही समय हिँड्ने बानी गर्नु पर्छ । घर बाहिर जान सम्भव भएन भने घर वरपर नै हिड्नुपर्छ । यसो गर्दा तपाईको शरीर आफ्नेा आकारमा आउन थाल्न । आर्थिक कारणले गर्दा अधिकांस महिलाहरु पौष्टिक आहार लिन सक्षम हुँदैनन् । तर, आफ्नो क्षमताले भ्याएसम्म पौष्टिक आहार लिनै पर्छ ।

सुत्केरीपछि यौनसम्बन्ध राख्दा पीडा हुन्छ कि हुँदैन ? भयो भने के गर्ने ?

धेरै समयपछिको यौन सम्पर्कमा केही पीडा हुनु स्वभाविक नै हो । पीडा हुने-नहुने भन्ने कुरा तपाईको डेलिभरि कस्तो प्रकारको हो, नर्मल अथवा अप्रेसन, भन्ने कुरामा पनि भर पर्छ । दुबै किसिमको डेलिभरीको समयमा धेरै घाउ भएको अथवा धेरै छाला च्यातिएको छ भने केही पिडा हुन्छ । तर सामान्य स्थितिमा ४५ दिन बितेपछि यौनसम्पर्क राख्दा पीडा नहुने डा.शर्मा बताउँछिन् ।

यौनसम्पर्कको समयमा धेरै पीडा भयो भने केही समय आफ्नो  शरीर सामान्य हुन दिनु पर्छ । पछिसम्म पनि यहि समस्या रहिरह्यो भने डाक्टरसँग सल्लाह लिनु पर्छ ।

बुवा बनेका पुरुषलाई पनि पहिले जस्तै गरि यौनसम्पर्क राख्न केही असहज अनुभव हुन्छ । अझ जुन पुरुषले डेलिभरीको क्रममा अस्पतालको लेबर रुममा सहभागि भएका हुन्छन्, र त्यसक्रममा आफ्नी जीवनसाथीको पीडा नजिकबाट नियालेका हुन्छन्, त्यस्ता पुरुषलाई यौनसम्पर्क राख्न कठिन हुन्छ । कतिपय स्थितिमा पुरुष आफु पिता बनेकोमा उत्साहित हुन्छन् भने कति हुँदैनन् पनि ।

यदि तपाईको श्रीमान् तपाईंको परिवर्तित रुप देखेर यौनबाट टाढा हुन्छन् भने तपाईंले आफ्नो  श्रीमान्लाई आफु पहिले जस्तै जोसिलो र यौनको लागि तयार रहेको कुरा स्पष्ट पार्नु पर्छ ।

(डा.मुकुन्दा शर्मासँगको कुराकानीमा आधारित)

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुट्कारा ?

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुट्कारा ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू