Comments Add Comment

नेपालमा कलाकारको स्टारडमले फिल्मको व्यापार थोरै मात्र असर गर्छः स्वस्तिमा(भिडियो)

नायिका स्वस्तिमा खड्काको क्रेज अहिले गज्जबको छ । नेपालका उत्कृष्ट ३ नायिकाहरुको सूची बनाउने हो भने स्वस्तिमा अटाउँछिन् । यसैले पनि उनलाई लिएर चलचित्रबाट लगानी उठाउने, पैसा कमाउने सपना कुनै पनि निर्माताले देख्नु नराम्रो होइन ।

तर, नायिका स्वस्तिमा खड्का भने नेपालको सेरोफेरोमा स्टारडम न्यून मात्र लागू हुने बताउँछिन् । स्वस्तिमाले भनिन्–‘म के कुरामा विश्वास गर्छु भने, स्टारडमले नेपालमा एकदमै कम साथ दिन्छ । कुनै चलचित्रमा म हुँदा त्यसले ०.१ प्रतिशत मात्र फरक पार्छ होला ।’

तर, नायिका खड्काले आफू सधै नै चलचित्र भित्र फरक भूमिका गर्न रुचाउने बताइन् । नायिका खड्काको चलचित्रको यात्रा गज्जबको छ । उनले, छोटो समयमा नै पाएको सफलता धेरैका लागि लोभलाग्दो पनि होला । तर, स्वस्तिमा करिअरको सुरुवातदेखि आजसम्म आफूले के पाएँ भन्ने कुरामा ध्यान नदिने बताउँछिन् ।

उनले, सकेसम्म यो कुरालाई आफूले संझन नचाहेको खुलाइन् । स्वस्तिमाले भनिन्–‘म सकेसम्म यो बिषयमा ध्यान दिन नै चाहन्नँ । म अबको १० बर्षपछि मात्र आफ्नो चलचित्र यात्रालाई केलाउन चाहन्छु । मैले अहिलेसम्म कुन स्थान बनाएँ भन्दा पनि यहाँ आएर धेरै कुरा सिक्ने मौका पाएको छु । यो नै मेरो सफलता हो ।’

धेरैलाई अहिलेकी स्वस्तिमा हेर्दा पत्यार लाग्दैन । स्वस्तिमा आफै पनि यो कुरा स्विकार गर्छिन् । उनले अनलाइनखबरसँग भनिन्–‘मलाई धेरै मानिसहरुले तिमीले यो खालको सफलता पाउँछ्यौ भन्ने नलागेको बताउनुहुन्छ । तर, मेरो दिमागमा पनि केही गर्छु भन्ने त त्यो बेलामा नै थियो होला नी ?’

साउन ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हजार जुनी सम्म’लाई ठूलो बर्गले हेर्ने स्वस्तिमाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment