+
+
WC Series
लुम्बिनी लायन्स 2025
143/10 (19.4)
VS
१०८ बलमा १३४ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
10/1 (1.6)
Shares

बच्चाको मृत्यु भएपछि ग्राण्डी अस्पतालमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते १४:२९
Photo Credit : चन्द्र आले

२१ साउन, काठमाडाैं । उपचारका क्रममा बच्चाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले ग्राण्डी अस्पतालमा प्रदर्शन गरेका छन् ।

चिकित्सकको लापरवाहीको कारण बच्चाको मृत्यु भएको परिवारको दाबी छ ।

गोल्फुटारकी निशा तामाङले २० असारमा जुम्ल्याह  बच्चा जन्माएकी थिइन्, जसमध्ये एकको साउन ६ गते  मृत्यु भएको छ ।

अस्पतालले इन्फेक्शनको कारणले बच्चाको मृत्यु भएको बताएको छ तर परिवार यसलाई मान्न तयार छैन । सामान्य अवस्थामा रहेको बच्चालाई अस्पतालले पैसाका लागि एनआइसीयूमा राखेको र डाक्टर र नर्सको लापरवाहीक्को कारण मृत्यु भएको निशाका श्रीमान् दोर्जेको आरोप छ ।

उनीहरूले बच्चाको मृत्युबारे छानविन गर्न अस्पताललाई आग्रह गरेका थिए तर, सुनुवाइ नभएका कारणा आन्दोलन गर्न बाध्य भएको बताउँछन् दोर्जे ।

आन्दोलनपछि अस्पतालसँग छलफल भयो । दोर्जेका अनुसार अस्पतालले गल्ती भएको स्वीकार गर्दै चिकित्सकलाई कारवाही गर्ने बताएको छ। भोलि फेरि छलफल भएपछि के गर्ने हो टुंगो लाग्ने उनी बताउँछन्।

‘महंगो अस्पताल भन्दैमा उपचार राम्रो हुन्न भन्ने सबैलाई जानकारी दिन आन्दोलन गरेको हुँ’ उनी भन्छन्, ‘त्यही दिन अर्को बच्चालाई अर्को अस्पताल नलगेको भए जे पनि हुन सक्ने रहेछ ।’

दोर्जेकाअनुसार एउटा बच्चाको मृत्यु भएपछि उनीहरुले अर्को बच्चालाई इशान बाल अस्पताल पुर्‍याएका थिए ।

यो विषयमा बुझ्न ग्राण्डी अस्पताललाई पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?