Comments Add Comment

संसद खुलाउने सहमतिलाई हारजीतको विषय नबनाऔं : प्रदीप गिरी

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संसद सूचारु गर्न भएको सहमतिलाई राजनीति आरोप प्रत्यारोपको विषय नबनाउन आग्रह गरेका छन् ।

मंललबार संसदमा विशेष समय लिएर बोल्दै गिरीले सत्ता पक्ष र प्रतिपक्षी दल दुवैले संसदीय मर्यादा कायम गर्न गरेको निर्णयलाई दलीय आधारमा व्याख्या र विश्लेषण नगर्न आग्रह गरे ।

असहमत हुनका लागि सहमति हुने थलोको रुपमा प्रतिनिधिसभा रहेका भन्दै उनले त्यसको मर्यादा कायम गर्न सबैले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए ।

‘सभा अवरोधका सन्दर्भमा हिजो भएको सहमतिबारे अहिले टीकाटिप्पणी हुँदैछ । प्रतिपक्ष हार्‍यो , सम्झौता खोज्यो । होइन, सत्तापक्ष आत्तियो’ उनले भने, ‘यी मेरा कानमा परेका शब्दहरु हुन् । हिजो दुवै पक्षले प्रतिनिधिसभाको मर्यादा कायम गरेर आआफ्नो ठाउबाट योगदान गरेर विशेष गरेर सभामुखकै पहलबाट कदम लिएको हो । यसका लागि राजनीतिक भनाभनको विषय नबनाउनुहोस । प्रतिपक्षीले उच्चकोटीको सदासयता देखाएको छ । सरकारले पनि विनम्रता देखाएको छ ।’

हिंसाको परम्परा, वेरोजगारी, आर्थिक क्रियाकलाप, भ्रष्टाचारलगायतले प्रणालीलाई नै असफल बनाउन खोजिरहेको बेला आरोप प्रत्यारोप छाडेर प्रणाली जोगाउनेतर्फ दृढ हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment