Comments Add Comment

स्थानीय प्रशासनको निर्देशनः तीजलाई भडि्कलो नबनाऊ

Photo Credit : फाइल फोटो

२१ साउन, बुटवल । स्थानीय प्रशासनले हिन्दु नारीहरुको मुख्य चाड हरितालिका तीजलाई भड्किलो र खर्चिलो नबनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयहरुले विज्ञप्ति नै जारी गर्दै तीजका नाममा होटल र पार्टी प्यालेसमा भड्किलो र फजूल खर्चिलो कार्यक्रमहरु नगर्न भनेको हो । मंगलबार मात्र तनहुँ र रुपन्देहीले विज्ञप्ति जारी गरेको छ ।

तीज भदौ १५ देखि १७ गतेसम्म परेको भएपनि होटल र पार्टी प्यालेसमा बुकिङ सुरु भएको भन्दै स्थानीय प्रशासनले एक दिन अघि दर खाने र तीजको दिन नाचगान गरेर मनाउने मौलिक परम्परास्मरण गराएको छ ।

होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गरी ध्वनी प्रदुषण गर्नुका साथै गहना प्रदर्शन गरेर भड्किलो गरी तीज मनाए कानून अनुसार कारवाही गर्ने स्थानीय प्रशासनको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment