+
+
Shares

‘जाइरा’को ट्रेलरमा नम्रता र श्रृजनाको द्धन्द्ध

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २२ गते १४:००

नायिका नम्रता श्रेष्ठलाई शिर्ष भूमिकामा प्रस्तुत गरिएको चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ । आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रलाई नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्सको प्रस्तुतिमा तयार पारिएको हो ।
चलचित्रमा नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरि, श्रृजना रेग्मी, रेमन दास श्रेष्ठ, सुजता श्रेष्ठ र सम्राट मगरको मुख्य भूमिका छ ।

आशुतोषकै कथा रहेको चलचित्रमा आशुतोष र निरोज महर्जनको पटकथा छ । बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रमा सम्राट बस्नेतको एक्सन छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको यो चलचित्रले विशेषगरि बदलाको कथा भन्छ । शिर्ष पात्रको बदलाको कथामा प्रस्तुत गरिएको चलचित्र भदौ ६ गतेबाट नेपालभर रिलिज हुँदैछ ।

चलचित्रमा नायिका नम्रता श्रेष्ठ मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?