+
+
Shares

संघीय सरकारले बखेडा झिक्दा प्रदेशमा औद्योगिक वातावरण बनेन : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २२ गते १४:५७

२२ साउन, वीरगञ्ज । मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेशमा औद्योगिक वातावरण निर्माणको लागि अप्ठ्यारो पारेको आरोप लगाएका छन् ।

आइएलओले बुधबार जनकपुरमा आयोजना गरेको साना तथा मझौला उद्योगको लागि उपयुक्त वातावरण निर्माण सम्बन्धी सार्वजनिक निजी संवाद कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय सरकारले समयमा आवश्यक ऐन कानून निर्माण नगर्दा समस्या भएको बताएका हुन् ।

प्रदेश सरकारले औद्योगिक विकासको लागि पहल थालिसकेको भए पनि संघीय सरकारको उदासिनताका कारण काम अघि बढ्न नसकेको उनको भनाइ छ । ‘प्रदेश सरकारले प्रदेश नं. २ मा लगानी गर्ने उद्योगहरुलाई २० वर्षसम्म कर छुट गर्ने, जग्गाको व्यवस्थापन गर्ने जस्ता नीति अघि सारेको छ । तर,संघीय सरकारका मन्त्रीहरुले विभिन्न बखेडा झिकेर प्रदेशको अधिकार क्षेत्रभित्र हस्तक्षेप गर्न खोजेका छन्,’ उनले भने ।

औद्योगिक विकास विना प्रदेश तथा देशको विकास हुन नसक्ने भएकोले लगानी कर्ताहरुको लागि आवश्यक ऐन, कानून, सुरक्षाको ग्यारेन्टी गर्ने जस्ता कार्यहरु गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री राउतले प्रदेश २ का युवाहरु रोजगार नपाएर खाडी मुलुकमा जान बाध्य भएको बताउँदै उनले युवालाई रोजगारमुलक तालिम दिएर साना व्यवसायहरु संचालनमा समक्ष बनाउन ठोस योजनाका साथ अघि बढेको र त्यसको परिणाम केही दिनभित्रै देखिने दावी गरे ।

प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाले प्रदेश सरकारले औद्योगिक विकासका लागि लिएको नीति बारे जानकारी गराए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वणिर्म वाग्लेले नेपालमा औद्योगिक क्षेत्रको अवस्था र त्यसको चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?