Comments Add Comment

नम्रताको स्टाइल

नायिका नम्रता श्रेष्ठ अभिनयमा मात्र होइन, पहिरनमा पनि भर्सटायल छिन् । उनी, पहिरनमा सजग भएकै कारण हरेक कार्यक्रममा उनको पहिरनको चर्चा हुन्छ ।

नायिका श्रेष्ठको भर्सटायल अभिनयले दर्शकको ध्यान तानेको छ । आफ्ना समकालिन धेरै नायिका जस्तै उनले न त अफर आएका सबै चलचित्रमा काम गरेकी छिन्, न त एउटै प्रकारको चलचित्रमा नै आफूलाई सिमित राखेकी छिन् । यहीकारणले नै हो, नम्रताको अभिनयको फ्यान धेरै छन् ।

यो बर्ष उनी अभिनित चलचित्र ‘जाइरा’ रिलिज हुँदैछ । यो चलचित्रमा उनी मार्सल आर्ट खेलाडीको भूमिकामा देखिएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा नायिका केन्द्रित यस्ता चलचित्र निकै कम बन्छन् । नम्रताले यो भूमिकाका लागि ६ महिना भन्दा बढी समय मार्सल आर्ट सिकेकी थिइन् । साथमा, उनी छायांकनका क्रममा पीडा हुँदा पनि पेनकिलर औषधी खाएर काम गरिरहेकी थिइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment