Comments Add Comment

भारतीय ठेकदारले बनाएको रेलवेको पर्खाल सामान्य पानीमै भत्कियो

२२ साउन, विराटनगर । निर्माणाधीन रेलवे परियोजना अन्तर्गत विराटनगर कस्टम यार्डमा बनाइएको २ सय मिटर पर्खाल भत्किएको छ । साउन पहिलो साता आएको वर्षाका कारण निर्माणाधीन कस्टम यार्डको पर्खाल भत्किएको हो ।

भारतीय इरकोण कम्पनीले विराटनगर बथनाह रेल्वेलाइनको निर्माण गरेको हो । भारत सरकारको लगानी रहेको सो परियोजनामा ठेकदारको लाप्रवाहीका कारण सानो वर्षामा पनि पर्खाल भत्किएको हो ।

गत बैशखामा सामान्य असिना पानी आउँदा कष्टम यार्डको १५० मिटर नाला भासिएको थियो । त्यसबेला असिनाले पर्खालमा क्षति पुगेको थियो । भासिएको नाला पूनर्निर्माण गरेको तीनमहिनापछि साउन पहिलो साता परेको पानीले कस्टम यार्डको उत्तर तर्फ ५० मिटर र दक्षिण तर्फक १५० मिटर पर्खाल भत्किएको हो ।

जग नउठाई पर्खाल

भारतीय ठेकेदार कम्पनी इरकोण इन्टरनेशनल लिमिटेडले भारतको बथनाहदेखि नेपालको कटहरी गाउँपालिका सम्म रेल्वेलाइन निर्माण गर्ने ठेक्का लिएको थियो । सो कम्पनीले नेपालका दुई स्थानमा कष्टम यार्ड बनाउने जिम्मेवारी पाएको छ ।

भारतीय सीमा नाकादेखि तीन किलोमिटर उत्तरतर्फ निर्माण भएको नेपाल कस्टम यार्डका करिब आठसय मिटर पर्खाल निर्माण गरिएको छ । रेल्वे लिकको पूर्वतर्फ निर्माण गरिएको पर्खालको २०० मिटर लम्बाई पानीले जग देखि नै उखेलिदिएको हो ।

कस्टम यार्डमा निर्माण गरिएको पर्खालको जग खनिएको थिएन । माटो भरेर उच्च बनाइएको स्थानमा ठेकेदारले छोटो जग उठाएर पर्खाल बनाएका थिए । निर्माण भएका अन्य क्षेत्रमा पनि पर्खाल पनि धराप छन् । वर्षाको पानीले प्लास्टर छिद्रा छिद्रा बनाएको पर्खाल हातले कोट्याउँदा पनि भत्कन्छ । भारतीय पक्षले पर्खाल नै धरापमा छ ।

गत वैशाखमा सामान्य हावा पानी आउँदा ढल निकास नाला भत्किएको थियो । भारत बथनाहादेखि विराटनगर कस्टम यार्डसम्म रेलको इन्जिन परीक्षण गरिएको क्षेत्रमा एकसय ८० मिटर ढल नाला भासिएको थियो ।

ठेकेदार प्रतिनिधि सन्तोष झा ठूलो वर्षाले माटो बगाएका कारण पर्खाल भत्किएको बताउँछन् । कस्टम यार्डको उत्तर तर्फ ५० र दक्षिण तर्फ १५० मिटर पर्खाल जगसहित भत्किएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment